IME Life New

दिग्गज लगानीकर्ता वारेन बफेटको को होला उत्तराधिकारी ? निधनपछि क-कसले पाउनेछन् सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका दिग्गज लगानीकर्ता एवं शीर्ष अर्बपतिमध्येका एक वारेन बफेट सम्पत्ति दान गर्ने अगाडि छन्। ९४ वर्षीय बफेट फेरि एकपटक चर्चामा छन् र उनले ४ वटा च्यारिटी फाउन्डेसनलाई १.१ अर्ब डलर दान गरेका छन्। योसँगै उनले आफ्नो पछिल्लो नोटमा आफ्नो निधनपछि अर्बौंको सम्पत्ति के हुन्छ र यसको उत्तराधिकारी को हुनेछन् भन्नेबारे खुलासा पनि गरेका छन्।

नोभेम्बर २५ मा बफेट परिवारद्वारा सञ्चालित ४ फाउन्डेसनलाई बफेटले ठूलो धनराशि दान दिए। उनले बर्कशायर ह्याथवेको १.१ अर्ब डलरबराबरको शेयर दान गरेका छन्। पछिल्लो कारोबार दिनमा यो कम्पनीको शेयरभाउको ४७८.५६ डलर पुगेर बन्द भएको थियो।

Esewa
Crest

यो ठूलो दानसँगै वारेन बफेटले कम्पनीका शेयरधनीहरुलाई एउटा नोट पनि लेखेका छन्। जसमा उनले आफ्नो मृत्युपछि अर्बौं सम्पत्तिको उत्तराधिकारका बारेमा ठूलो खुलासा गरेका छन्। उनले जीवन र मृत्युका बारेमा खुलेर आफ्नो विचार व्यक्त गरेका छन्। उनले बर्कशायर ह्याथवेको १ हजार ६०० क्लास–ए शेयरलाई २४ लाख क्लास–बी शेयरमा परिणत गरी ४ परिवार फाउन्डेसनमा वितरण गर्ने घोषणा गरे।

आफ्नो पत्रमा वारेन बफेटले तथ्यांकसहित यो वितरणका बारेमा पनि व्याख्या गरेका छन्। उनले आफ्नी दिवंगत श्रीमती सुसीको नाममा रहेको सुसान थम्पसन बफेट फाउन्डेसनलाई (१५ लाख कित्ता शेयर) र छोराछोरीको फाउन्डेसनलाई सोहीअनुसार शेयर दिइने बताएका छन्। उनकीे श्रीमती सुसीको सन् २००४ मा निधन भएको थियो।

यसैगरी शेरवुड फाउन्डेसन, हावर्ड जी. बफेट फाउन्डेसन र नोभो फाउन्डेसनको ३–३ लाख कित्ता शेयर वितरण गरिने बफेटले पत्रमा उल्लेख छ।

वारेन बफेटले आफ्नो मृत्युपछि आफ्नो बाँकी ९९.५% सम्पत्ति कसरी बाँड्ने भनेर स्पष्ट पार्न आफ्नो इच्छा पनि खुलासा गरेका छन्। उनले आफ्ना ३ सन्तानले बर्कशायरमा रहेको आफ्नो सम्पत्तिको हेरचाह गर्ने बताए।

अर्बपति वारेन बफेट विश्वका सातौँ धनी व्यक्ति हुन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १५० अर्ब डलर छ। यो वर्ष २०२४ मा उनले अहिले २१.३ अर्ब डलर नाफा कमाएका छन् भने पछिल्लो २४ घण्टामा उनको सम्पत्तिमा १ अर्ब ३४ करोड डलरको वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS