IME Life New

दाबी रकम अब सीधै बीमितको बैंक खातामा, दाबीको पैसाले अन्य बीमालेख जारी गर्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले दाबी रकम डिजिटल माध्यममार्फत सीधै बीमितको बैंक खातामै जम्मा गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणको पुस ४ गतेको निर्णयबमोजिम यस्तो व्यवस्था गरिएको हो। यो व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले एउटा सर्कुलर जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

Esewa
Crest

निर्देशनअनुसार अब बीमालेखअनुसार बीमा दाबीको दायित्व यकिन भएपश्चात सो पूरा रकम अनिवार्य रुपमा कानुनबमोजिम भुक्तानी प्राप्त गर्ने पक्ष (बीमित)को बैंक खातामा दाखिला हुने गरी डिजिटल माध्यम प्रयोग गरी बीमा कम्पनीहरुले भुक्तानी गर्नुपर्नेछ।

यसैगरी जीवन बीमकले दाबी भुक्तानीबापत बीमित वा हकवालालाई कानुनबमोजिम भुक्तानी गर्नुपर्ने रकम बीमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न नपाउने व्यवस्था प्राधिकरणले गरेको छ।

यसैगरी बीमकले बीमा दाबी निवेदन प्राप्त भएपश्चात सोको दर्ता गरी यथाशीघ्र बीमितलाई एसएमएसमार्फत गराउनुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ। निर्जीवन बीमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाउँदा सोको जानकारी एसएमएसमार्फत बीमितलाई गराउन र बीमकले सर्भे प्रतिवेदन प्राप्त भएपश्चात सोको समेत जानकारी एसएमएसमार्फत बीमितलाई दिनुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS