IME Life New

दाबी भुक्तानीमा पुराना भन्दा नयाँ जीवन बीमक अब्बल, नयाँ मध्ये ६ वटा कम्पनीले गरे सबै क्लेम सेटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । दाबी भुक्तानीमा नयाँ जीवन बीमा कम्पनीहरुले पुराना कम्पनीलाई चुनौती दिइरहेका छन् । पुराना जीवन बीमा कम्पनीहरु नेपाल लाईफ,एलआइसी नेपाल, नेशनल, एशियन, प्राइम लाईफ र गुराँस लाईफ इन्स्योरेन्सले दाबी भुक्तानी गर्न ढिलासुस्ती गरिरहेकोमा अधिकांश नयाँ जीवन बीमकले सकृयतापूर्वक दाबी भुक्तानी गरेका छन् ।

जीवन बीमकले प्रकाशन गरेको आ.व. ७७।७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार  रिलायबल नेपाल लाईफ,आइएमई लाईफ, रिलायन्स लाईफ,महालक्ष्मी लाईफ,सन नेपाल र सानिमा लाईफ इन्स्योरेन्सले भुक्तानी गर्न बाँकी दाबी छैन । त्यसैगरी पुराना ९ जीवन बीमकमध्ये सूर्य लाईफ इन्स्योरेन्सले मात्र गत आर्थिक वर्षमा सम्पूर्ण दाबी फछ्र्यौट गरेको छ । यी सातवटा कम्पनीको दाबी भुक्तानीवापत व्यवस्था गरिएको रकम शुन्य छ । अर्थात् यी कम्पनीले बीमितलाई दाबी भुक्तानी गर्न बाँकी छैन ।

Esewa
Crest

नेपाल लाईफ इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानीवापत व्यवस्था गरेकोमा मृत्यु दाबीवापत मात्र १८ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मृत्यु दाबीवापतको रकम भुक्तानीको लागी अघिल्लो आ.व. ७६।७७ मा ६ करोड ३० लाख रुपैयाँ व्यवस्था गरेको नेपाल लाईफको मृत्यु दाबीवापतको व्यवस्था करिब दुई सय प्रतिशतले वृद्धि भएको छ ।

बीमा दाबी भुक्तानी मार्ग दर्शन २०७६ का अनुसार वर्षभरि प्राप्त भएको दाबीमध्ये भुक्तानी गर्न बाँकी रहेको दाबीको लागी प्रत्येक आर्थिक वर्षको अन्त्यमा दाबी रकमको १ सय १५ प्रतिशत रकम व्यवस्था(प्रोभिजनिङ) गर्नुपर्छ । एलआइसी नेपालले २५ करोड ७२ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षमा २० करोड २८ लाख १८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको चौथो त्रैमासिक प्रतिवेदन अुनसार आ.व. ७७।७८ को अन्त्यसम्ममा कूल ७२ करोड २ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आ.व. ३८ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको थियो ।
मेटलाईफ इन्स्योरेन्सले ८३ करोड ११ लाख ९२ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आ.व.मा ७० करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको थियो ।

त्यसैगरी एशियन लाईफ इन्स्योरेन्सले ४ करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आ.व.मा २ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको थियो ।
भुक्तानी गर्न बाँकी रहेको दाबीको हकमा पुराना जीवन बीमा कम्पनीहरु एलआइसी नेपाल, नेशनल लाईफ, नेपाल लाईफ, मेट लाईफ, राष्ट्रिय बीमा संस्थानले वित्तीय विवरणमा भुक्तानी गर्न बाँकी दाबीमा मृत्यु दाबी,आंशिक भुक्तानी, अग्रिम भुक्तानी, परिपक्व बीमा दाबीवापतको रकम समेत उल्लेख गरेका छन् । अन्य जीवन बीमकले मृत्यु दाबी भुक्तानीवापतको रकम मात्र भुक्तानी गर्न बाँकी रकममा उल्लेख गरेका छन् ।

दाबी भुक्तानी बजारीकरणको अस्त्र:
संचालनको छोटो अवधि मात्र भएकोले नयाँ जीवन बीमा कम्पनीहरु जीवन बीमा कोष र बोनश दरमा पुराना कम्पनीभन्दा कमजोर देखिए पनि दाबी फछ्र्यौटमा अब्बल देखिएका छन् । कुनै पनि बीमितले दाबी भुक्तानी गरी सकेपछि अभिकर्ता, बीमकको कर्मचारी र व्यवस्थापनले प्रदर्शन गर्ने व्यवहार, दाबी भुक्तानीमा द्रूतताको आधारमा बीमकबारे अवधारणा बनाउँछ ।

नयाँ जीवन बीमकले बीमितहरुमाझ व्यवसायको प्रवद्र्धन गर्ने क्रममा शत प्रतिशत दाबी भुक्तानी गर्ने कम्पनीको रुपमा नयाँ कम्पनीले आफूलाई प्रस्तुत गर्ने अवसर पाएका छन् । नयाँ जीवन बीमकले दाबी भुक्तानीको पक्षलाई बीमित समक्ष उजागर गर्दै बजारीकरण गर्ने हो भने पुराना कम्पनीलाई पनि थाती रहेको दाबी छिटो फ्छर्यौट गर्न दबाब पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS