IME Life New

दाबी भुक्तानीको अवस्था हेरेर अब बीमा कम्पनीको मूल्याङ्कन हुन्छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणद्वारा मधेश प्रदेशको पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा आज आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने “सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छ ।”

बीमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्राधिकरण दृढताका साथ अगाडि बढिरहेको उल्लेख गर्दैै अध्यक्ष सिलवालले भने “बीमा कम्पनीको पूँजी वृद्धिको निर्णयबाट बीमा कम्पनीहरू सबल भएका छन् । बीमा गरेपछि दाबी दिनैपर्छ । बीमा दाबी भुक्तानीको अवस्था हेरेर अब बीमा कम्पनीको मूल्याङ्कन हुन्छ ।”

Esewa
Crest

“मधेश प्रदेशमा अझै पनि बीमाको पहुँच न्यून छ । करोडौंका सडक, पुल, भवन बनेका छन्, तर तिनको बीमा भएको छैन । अब तिनको समेत बीमा गरेर जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुप-यो । बीमाको पहुँच बढाउन स्थानीय सरकार अग्रसर हुनुप-यो”, अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुप-यो, बीमा दाबीका लागि सिफारिश गर्दा वडा कार्यालयहरूले पनि बीमा दाबी गर्ने व्यक्तिका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिश गर्नुप-यो । स्थानीय सरकारले विपन्न बर्गको बीमा गरिदिनुप-यो, सबै नागरिकको दुर्घटना बीमा गर्नुप-यो, यसबाट जनप्रतिनिधिहरूको लोकप्रियता अझ बढ्छ ।”

बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरूले बीमा गर्ने तर दाबी दिने बेलामा विभिन्न बहाना बनाएर हैरान पार्ने गरेका गुनासाहरू आउने गरेको उल्लेख गर्नुहुँदै दाबी भुक्तानी स्थानीयस्तरबाट छिटोछरितो रूपमा हुने ठोस नीतिगत व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे ।

प्रमुख सिंहले स्वास्थ्य बीमामा धेरै समस्या देखिएकाले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरण मातहत राखेर प्रभावकारी बनाउन र बैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानीयस्तरबाट नै बीमा गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । साथै, उहाँले महानगरपालिकाबाट संचालित विकास निर्माणका आयोजना र कृषिलाई बीमाको दायरामा ल्याउन आगामी बजेट मार्फत अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन र बीमा गर्नका लागि गाउँ गाउँमा जान बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती दिएका थिए । नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले बीमा दाबीका लागि सिफारिश गर्दा यथार्थ बुझेर मात्र सिफारिश गर्न र विचौलियाहरू माथि निगरानी बढाउन वडा कार्यालयहरूसँग आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानी पाउन कठिन रहेको, दाबी भुक्तानी गर्ने बेलामा बीमा कम्पनीहरूले झन्झट दिने गरेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा रहेको, स्वास्थ्य बीमा राम्रो भए पनि समस्याग्रस्त रहेको, कम्पनीले आफ्नो पूँजीभन्दा पनि बढी व्यवसाय गर्नाले समस्या देखिएको लगायतका गुनासाहरू गरेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गरेको कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, उद्योगी व्यवसायी, यातायात व्यवसायी, अगुवा कृषकहरू लगायत गरी करिव १२० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS