IME Life New

दाङको राप्ती गाउँपालिकाले मजदुरको दुर्घटना बीमाका लागि बजेट विनियोजन गर्ने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दाङको राप्ती गाउँपालिकामा बीमा सम्बन्धी अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बीमाको महत्वबारे आफू अवगत रहेको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा स्थानीय मजदुर वर्गको दुर्घटना बीमाका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तेश्रो पक्ष दुर्घटना बीमा अनिवार्य भएपछि सवारी दुर्घटनाकै कारण राजमार्ग अवरूद्ध भएर सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य भएकाे उल्लेख गर्दै सबैका लागि बीमा ज्यादै महत्वपूर्ण रहेको बताए ।  भूकम्प पीडितको राहतका लागि वर्षेनी राज्यकोषबाट ठूलो रकम बाहिरिने गरेकाे बताउँदै स्थानीय तहले भूकम्प जोखिमको बीमा गरिदिएको अवस्थामा सरकारलाइ पनि आर्थिक भार कम हुने धारणा व्यक्त गरे ।

Esewa
Crest

अध्यक्ष विष्टले सडक बाटो घाटो बनाए मात्र विकास देख्ने प्रवृत्तीलाइ सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिंदै बीमा जोखिम बहनको सुविधा लगायतका अन्यत्र तरिकाले पनि सहयोग गर्न सकेमा विकासको आधार खडा हुने धारणा व्यक्त गरे ।

गाउँपालिकाको पशु शाखा प्रमुख दामोदर आचार्यले भैंसीको मूल्यमा एकरूपमा नभएकाले बीमाङ्क रकम निर्धारणको विधि व्यवहारिक नभएको बताए । उनले सरकारले खोपको वितरण सुनिश्चित गर्न र निःशुल्क खोप उपलब्ध गराउन नसक्दा किसानले चाैपायाको बीमा गर्न समेत बञ्चित हुनु परेको गुनासो गरे। बीमा गर्नु अघि चाैपायालाइ अनिवार्यरूपमा खोप लगाइएको हुनुपर्छ।

कार्यक्रममा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले बीमा दाबी सहजीकरणका लागि प्रादेशिकरूपमा समेत विकेन्द्रीकरण गरेको साथै सूचना प्रविधिको प्रयोगबाट सहजीकरण गर्ने प्रयास भइ रहेको बताउँदै भने, समयमै दाबी भुक्तानी नपाएको अवस्थामा प्राधिकरणको केन्द्रिय वा प्रादेशिक कार्यालयमा उजुरी गर्नुहोस्, हामी समाधान गर्नेछाैं । बीमाबारे सर्वसाधारणमा भ्रम फैलाउने र गलत तरिकाबाट बीमालेख बिक्री गर्ने अभिकर्ताविरूद्ध तत्काल प्राधिकरणमा जानकारी गराउन समेच सहभागिहरूसँग आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर वली , प्राधिकरणका सहायक निर्देशक शम्भू मिश्र, तथ्यांकशास्त्री बसन्त बोहोरा, निप्स लुम्बिनी प्रदेश अध्यक्ष विश्व दिपक नेपाल, हिमालयन एभरेष्ट लुम्बिनी प्रदेश प्रमुख सुरेश ज्ञवालीले बीमाको माध्यमबाट हुने जोखिम बहन र सर्वसाधारणलाइ बीमाले दिने राहतको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS