IME Life New

दशैंमा बीमा समिति र बीमा कम्पनीबीच ज्वाइँ–ससुराली सम्बन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनी र बीमा नियामक बीमा समितिबीच अन्योन्याश्रित सम्बन्ध हुनु स्वाभाविक हो । बीमा कम्पनीहरुको संचालनमा सहजकर्ताको भूमिका निर्वाह गर्नु बीमा समितिको दायीत्व हो । बीमा कम्पनीले बाटो बिराएमा खबरदारी गर्ने र अटेर गरेर कारवाही गर्ने दायित्व पनि समितिकै हो । अत्यन्त नजिकको सम्बन्ध तर कुनै पनि बेला बीमा कम्पनीहरु तरबारको धारमा पर्न सक्ने जोखिम भएको सम्बन्ध राख्नु बीमा समितिको नियामकीय बाध्यता हुन आउँछ ।

यति गम्भीर भूमिका निर्वाह गर्नुपर्ने बीमा समितिका प्रत्येक कर्मचारी बडा दशैंका बेला ज्वाइँ सरह पूजनिय भई दिए कस्तो होला बीमा क्षेत्रको अवस्था ? प्रश्न पनि गम्भीर नै छ ।

Esewa
Crest

अपवाद बाहेक बीमा कम्पनीहरुको लागी बडा दशैंमा बीमा समितिका अध्यक्षदेखि कार्यालय सहयोगीसम्म ज्वाइँको दर्जामा पुग्छन् । बीमा समितिको आधिकारिक वेबसाइटमै त्यहाँ कार्यरत कर्मचारीको नाम, पद, जिम्मेवारी, विभाग इतिवृत्तान्त उपलब्ध छ,कहिँ कसैसँग माग्न झण्झटै गर्नु नपर्ने ।

बीमा समितिको वरिष्ठदेखि कनिष्ठसम्मको पदीय भूमिका र शक्तिको दुरुपयोग गरेर सप्ठेरो वा अप्ठेरो पार्न सक्ने क्षमताको आधारमा सुनको गहना, महँगो विदेशी मदिरा, नगदको ठेली, सुट, बुटिक साडी, घरेलु उपयोगका विद्युतीय सामाग्री, सपरिवारको दशैं किनमेल, घर आउजाउ गर्ने हवाई टिकट, ड्राइ फ्रुट्स, मिठाई वितरणको सूची बीमा कम्पनीले तयार पारि सकेका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको घट्दो संचितिको कारण देखाउँदै विदेशी मदिराको आयातमा रोक लगाएका कारण यसपटक उच्च पदस्थ अधिकारीलाई बीमा कम्पनीले महँगो मदिरा टक्र्याउन सक्ने सम्भावना न्यून छ । टक्र्याई हाले पनि मदिरा नक्कली पर्ने वा सीमित स्टकका कारण अधिक मूल्य तिर्नुपर्ने अवस्था छ ।

बीमा समितिका कर्मचारीलाई बीमकले गाडीमा सामान लोड गरेर घटस्थापनाको भोलिपल्टैदेखि कार्यालयमै औकात अनुसारको दशैं सौगात टक्र्याउने गरेका छन् । गत वर्षसम्म ३९ वटा बीमा कम्पनीबीच कसले पहिले सौगात टक्र्याउने भन्ने होडबाजी नै हुने गरेको थियो । यसपटक दुई निर्जीवन बीमकबीच मर्जर भएकाले यो संख्या ३८ मा झरेकोमा हिमालयन रि इन्स्योरेन्सका कारण संख्या यथावत अवस्थामा छ ।
सरकारी स्वामित्वका बीमा कम्पनी र अमेरिकी बीमा कम्पनीको शाखा मेट लाईफले हतपत्त सौगात नटक्र्याए पनि बाँकी सबै कम्पनीले बडा दशैंको समयमा कुनै न कुनै उपहार टक्र्याउँदै आएका छन् ।

मदिराको कलेक्शन यति हुन्छ की केही कर्मचारीले पसलेलाई बिक्री गरेर नगदै थाप्छन्,बीमा समितिका एकजना पूर्व कर्मचारीले टिप्पणी गर्दै भने,पहिले देखिको चलन भएकाले तै चुप मै चुपको अवस्थामा चल्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई बैंकले चाडपर्वको बहानामा विभिन्न जिन्सी उपहार टक्रयाएर प्रभावित पार्न थालेपछि वितरणमा औपचारिकरुपमा रोक लगाए पनि घर घरमै बैंकर्सले उपहार पुर्याउने क्रम अझै पनि रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

30%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS