IME Life New

दराजले शुरु गर्यो ‘आस्क दराज’ च्याटबट सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराजले ग्राहकको सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट ‘आस्क दराज’ लन्च गरेको छ। दराजमा माइक्रोसफ्ट एजुरी ओपन एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। ओपन एआईको च्याटजीपीटीद्वारा सञ्चालित आस्क दराजले प्रयोगकर्तालाई एआई च्याटबटसँग स्वाभाविक रुपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउनेछ ।

आस्क दराजले ग्राहकको विशेष आवश्यकताहरुको विश्लेषण गरेर त्यसमा आधारित सामान सिफारिस गर्नेछ। यसले ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गरेर अफलाइन र अनलाइन किनमेलबीचको जानकारीहरुलाई प्रस्ट पार्न मद्दत गर्ने जनाएको छ ।

Esewa
Crest

त्यस्तै, दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरुले पनि आस्क दराजबाट लाभ उठाउन सक्छन्। आस्क दराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकमाझ पहुँच पुर्याउन गर्न मद्दत गर्दछ। प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एनआईलाई अप्टिमाइज गरिरहनेछ। जसका कारण ग्राहक सेवालाई अझ टेवा पुग्नेछ।

दराजका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकेलसेनले भने, ‘हाम्रो मिसन भनेको वाणिज्यको शक्तिमार्फत समुदायहरुलाई उत्थान गर्नु हो। यो हाम्रा लागि एउटा महत्वपूर्ण माइलस्टोन हो। किनकि हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेका गर्छौं। बजारमा बढ्दो स्मार्टफोन अपनाउने दरको मूल्यांकन र त्यसमाथि हाम्रो एपमा माइक्रोसफ्ट एजुरी ओपन एआई सेवाको फाइदा उठाएर ‘आस्क दराज’ले थप प्रयोगकर्तालाई हामीसँग नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ।’

‘हामी यस सेवाको क्षमतामार्फत दक्षिण एसियामा रिटेल क्षेत्रलाई रुपान्तरण गर्ने दराजको यात्रामा सहभागी हुन पाउँदा खुसी छौँ। ई–कमर्स ल्यान्डस्केपमा अग्रणी रुपमा प्रस्तुत भएको दराजले प्रोडक्टको पहुँचलाई बढाएर ग्राहकको संलग्नतालाई गहिरो बनाउदै ३० मिलियन ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।

यसले एपभित्रको एकीकृत ‘डिस्कभर’ सुविधा मार्फत नयाँ ग्राहक सेगमेन्टलाई पनि ट्याप गर्ने लक्ष्य राखेको छ। यो रिटेल बिक्रेता र ई–कमर्स प्लेटफर्मलाई नयाँ क्षेत्रमा ध्यानाकर्षण गर्न र जेनेरेटिभ एआईको शक्तिले ग्राहक अनुभवलाई सहज गर्न मद्दत गर्ने अर्को चरण हो’, मिकेलसेनले भने।

दराज नेपालले इलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टको अनलाइन व्यापार गर्दछ। १८ हजारभन्दा बढी बिक्रेताको नेटवर्क, १.५ मिलियन सक्रिय एप प्रयोगकर्ता र देशभरका १०८ सहरको प्रभावशाली कभरेजका साथ दराज नेपालले ई–कमर्स परिदृश्यलाई द्रुत रुपमा परिवर्तन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS