IME Life New

दमकमा नेपाल लाइफका निमित्त सिइओ चौधरी अभिकर्ताको नियन्त्रणमा, तीन घण्टा होटलमै थुनिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफका अभिकर्ताले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीलाई झापाको दमकमा तीन घण्टासम्म नियन्त्रणमा लिएर छाडिदिएका छन् । नेपाल लाइफका अभिकर्ताको संघर्ष समितिले विगत लामो समयदेखि राखेका माग संवोधन नै नगरी उच्च व्यवस्थापनले अटेर गरेको भन्दै उनिहरुले झापामा पुगेका चौधरीलाई नियन्त्रणमा लिएर मेची क्राउन होटलकै हलमा थुनिदिएका थिए ।

नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघाइ, सञ्चालकहरु कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरु सुशिल कुमार चौधरी, दिगबिजय सिङ्गल, प्रेम प्रसाद रेग्मी र बन्दना शर्मा शिवाकोटीले आज पुर्वका शाखा प्रमुखहरु सँग गोष्ठी गर्न लागेका थिए । कम्पनीले तीन बजेदेखि गोष्ठी आयोजना गर्ने तयारी गरेको थियो ।

Esewa
Crest

तर अभिकर्ताहरुले गोष्ठी सुरु हुनु भन्दा अगाडी नै गोष्ठी आयोजना गरिएको होटलको हलमा पुगेर चौधरीलाई नियन्त्रणमा लिएका थिए । चौधरीलाई नियन्त्रणमा लिएको थाहा पाए पछि अध्यक्ष तथा सञ्चालकहरु त्यस स्थानमै नआएको संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए । उनले भने ‘नेपाल लाइफले अभिकर्तालाई ठगि गर्यो । अभकर्ताका संघका पदाधिकारीहरुलाई पनि किनेको हुनाले हामीले संघर्ष समिति बनाउन बाध्य भयौ ।’ यहि समितिका पदाधिकारीहरुले आज चौधरीलाई नियन्त्रणमा लिएर आफ्नो माग किन पुरा नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए । उनिहरुले संघर्ष समितिले बुझाएको ज्ञापन पत्र तथा मागपत्र किन पुरा नगरेको भन्दै प्रश्न गरे पछि चौधरीले उक्त विषय आफु भन्दा माथिका सञ्चालकले हेरेको भन्दै जवाफ दिएका थिए ।

उनको यस्तो जवाफ पछि उनिहरुले शनिवारसम्ममा अध्यक्ष तथा सञ्चालकहरुलाई भेटाउन दवाव दिएका थिए । चौधरीले आफुले सञ्चालकहरु सँग नभेटाइदिएमा नेपाल लाइफमै नबस्ने बताए पछि बल्ल उनिहरुले उनलाई छाडिदिएका थिए ।

कम्पनीमा बैंक तथा अन्य क्षेत्रबाट अमित केयाल, प्रेम प्रसाद रेग्मी र बन्दना शर्मा शिवाकोटीको प्रवेश सँगै समस्या शिर्जना भएकाले उनिहरुले राजिनामा नदिएसम्म संघर्ष समितिले कुनै पनि पोलिसी बिक्री गर्न निदिने अधिकारीले जानकारी दिए । उनले भने ‘उनिहरुको कम्पनीमा प्रवेश भए सँगै ३२ प्रतिशत रहेको नेपाल लाइफको बजार हिस्सा १२ प्रतिशतमा झरेको हुँदा उनिहरुले कम्पनी नछाडेसम्म हाम्रो आन्दोलन यथावत रहन्छ ।’ यदि संघर्ष समितिले राखेका माग अटेर गरि कुनै पनि शाखा प्रमुखले पोलिसी बिक्री गरेको थाहा पाएमा थप संघर्षमा उत्रिने उनले चेतावनी दिए । अभिकर्ताले पुरानो स्ल्याव कायम गर्नु पर्ने, नयाँ महंगा प्रोड्कट बन्द गरेर पुराना प्रोडक्टलाई कायम गर्नु पर्ने, बोनशदर घटाउन नपाइने लगायतका माग राखेका छन् ।

नेपाल लाइफका अभिकर्ताले यस भन्दा अगाडी कम्पनीको उच्च व्यवस्थापनले आयोजना गरेको गोरखा तथा पोखराको कार्यक्रममा पनि अवरोध गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनको हर्कतलाई लिएर अहिले सम्पुण अभिकर्ताहरु रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS