IME Life New

दक्षिणपूर्वी एसियाका पर्यटकलाई १० वर्षे भिसा दिने अस्ट्रेलियाको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार १० वर्षको फ्रिक्वेन्ट ट्राभलर भिसा योजनालाई योग्य आसियान राष्ट्रहरु र टिमोर–लेस्टेमा विस्तार गरिने घोषणा गरेका छन्। उनको घोषणा मेलबर्नमा आसियान–अस्ट्रेलिया विशेष शिखर सम्मेलनमा गरिएको थियो। जहाँ लाओस, ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड, भियतनाम र टिमोर–लेस्टेका नेताहरुको उपस्थिति थियो।

प्रधानमन्त्री अल्बानिजले व्यावसायिक आगन्तुक भिसा ३ वर्षबाट ५ वर्षसम्म पुर्याउने उद्घोष गरेका छन्। फ्रिक्वेन्ट ट्राभलर भिसा योजनाले आगन्तुकलाई प्रत्येक पटक ३ महिनासम्म बस्न अनुमति दिनेछ।

Esewa
Crest

अस्ट्रेलियाले यसअघि विश्वको दोस्रो ठूलो जनसंख्याबाट आउनेलाई बढावा दिने प्रयासका रुपमा चिनियाँ पर्यटकलाई १० वर्षे भिसा योजनाका लागि आवेदन दिन अनुमति दिएको थियो। तर, भिसामुक्त नीतिका कारण चिनियाँ पर्यटक थाइल्यान्ड र मलेसियाजस्ता दक्षिणपूर्वी एसियाली देशमा ओइरिएकै कारण अस्ट्रेलियाले घाटा व्यहोर्दै थियो।

कोभिड महामारीअघि सिंगापुर, मलेसिया र इन्डोनेसिया अस्ट्रेलियाको भित्री पर्यटनको सबैभन्दा ठूलो पर्यटन बजार थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS