IME Life New

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड, ६१ हजार ३१६ जनाले पाए शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ ।

Esewa
Crest

जस अनुसार कुल ६१ हजार ३ सय १६ जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी ६१ हजार ३ सय १४ जनाले १० कित्ता शेयर पाएका छन् ।  कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबलबी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोमिख रहेको जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS