IME Life New

थानकोटमा ढुंगाले हानेर एटिएम बुथ फुटाउने प्रयास, रंगेहात दुई पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको थानकोटस्थित सिटिजन्स बैंकको एटिएम बुथ फुटाएर रकम चोर्न लाग्दा दुई जना रंगेहात पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटको गस्ती टोलीले मध्यरातमा ढुंगा, रेन्चु, छिनाले हानेर एटिएम बुथ फुटाएर रकम चोरी गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका हुन् ।

चन्द्रागिरी नगरपालिका–७ थानकोटमा रहेको सिटिजन्स बैंकको एटिएम मेशिन फुटाएर रकम निकाल्दै गर्दा चन्द्रागिरी– ५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका–६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराललाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । एटिएमबाट उनीहरुले रकम निकाल्न नभ्याउँदन्ै प्रहरीको फन्दामा परेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु बरामद गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS