IME Life New

त्रिशूली जलविद्युतको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले असोज ४ देखि निष्काशन गरेको आइपीओमा दोस्रो दिनसम्म झन्डै चार करोड रुपैयाँ संकलन गरेको जनाएको छ।

जलविद्युतको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकाअनुसार आइपीओ बापत बाँकीको रकम संकलनको पहिलो दोस्रो दिनसम्म १८ हजार ९१८ आवेदकबाट ७ हजार ९७५ आवेदकबाट ३ करोड ८३ लाख २१ हजार १५१ रुपैयाँ जम्मा भएको छ। जसका लागि ४ लाख ४० हजार ४७३ कित्ताको माग भएको छ।

Esewa
Crest

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमै प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS