IME Life New

त्रिभूवन विमानस्थलबाट सय किलाे सुन बरामद, सुन तस्करीमा भन्सारकै संलग्नता!

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं। राजश्व अनुसन्धान विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार ठूलाे परिमाणमा अवैध सुन सहित दुई जनालाई पक्राउ गरेकाे छ। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन सहित ट्याक्सी चालक र एक जना भन्सार अभिकर्तालाई विभागकाे टाेलीले पक्राउ गरेकाे हाे ।

विभागकाे टाेलीले भन्सार जाँचपास गरिएका मालसामानकाे पुनः जाँचकाे क्रममा ठूलाे परिमाणमा सुन बरामद भएकाे विमानस्थल श्राेत जानकारी दिएकाे छ। चीनबाट आयात गरिएकाे माेटरसाइकलकाे ब्रेक प्याडमा लुकाइएकाे करिब १०० किलाेग्राम सुन बरामद भएकाे हाे । ब्रेक प्याडमै समेत सुन जाेडेर १६० सेटमा लुकाइएकाे अवस्थामा सुन बरामद भएकाे राजश्व विभागका अधिकारीले जानकारी दिएका छन्।

Esewa
Crest

भरियामार्फत् सुन भित्र्याउँदै आएका व्यवसायीले पछिल्लाे समयमा मालसामानकाे रुपमा आयात गरेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीकाे मिलेमताेमै सुन भित्र्याउन थालेकाे पाइएकाे छ। विद्युतीय चुराेटभित्र लुकाइएकाे नाै किलाेग्राम सुन विमानस्थल भन्सार कार्यालयकाे गाेदामबाटै हराएकाे घटनाबारे अनुसन्धान भइरहेकै बेला विभागले हालसम्मकै ठूलाे परिमाणमा सुन बरामद गरेकाे खबर प्रकाशमा आएकाे छ।

नेपाल प्रहरीले २०७४ सालमा ठमेलकाे हाेटलबाट चिनियाँ नागरिककाे साथबाट यसअघिकै ठूलाे परिमाण ८८ किलाे अवैध सुन बरामद गरेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS