IME Life New

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इडुरोम’ सञ्चालन हुने, के हो यो प्रविधि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ। नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअसिस)बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो।

समझदारीपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन्। नेअसिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ।

Esewa
Crest

नेअसिसले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझैसम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवाबारे धेरै संस्था अनभिज्ञ छन्। देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा नेअशिसले शिक्षण संस्थाहरुलाई जुमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जालबारे उत्सुकता बढ्न सुरु भएको थियो र सञ्जालको सदस्य संख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो।

कोभिड महामारीको प्रभाव घटेपछि पनि नेअसिसले आफ्नो सेवा निरन्तर दिइरहेको छ। पछिल्लो समयमा नेअसिसको सदस्य संख्यामा विस्तारै वृद्धि भएको छ तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरु यस सञ्जालबाट पाउन सक्ने सेवाबाट अझै टाढा छन्।

के हो इडुरोम ?

विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरुको इन्टरनेटजस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ। शिक्षण, अनुसन्धान तथा पेसागत रुपमा बढी प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन। विश्वका सुपर कम्प्युटरहरुको अति शक्तिशाली क्षमतामा निर्वाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानका लागि आफैँसँग ठूला सर्भरहरु आवश्यक पर्दैन। इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जानेबित्तिकै लग–इन नगरिकनै आफैँ कनेक्ट हुन्छ।

के हो नेअसिस ?

विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरुको एउटा विश्वव्यापी सञ्जाल छ। हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ। नेपालमा रहेको उक्त निकाय नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअसिस) हो। नेअसिस एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाका रुपमा दर्ता गरिएको छ।

अन्य कयौँ देशमा यस प्रकारका संस्था सरकार आफैँले वा राष्ट्रियस्तरका विश्वविद्यालयहरुले सञ्चालन गर्ने गरेका छन्। नेअसिसका व्यक्तिगत तथा संस्थागत सदस्यहरुले यस सञ्जालको सबै सुविधा प्रयोग गर्न सक्छन्। नेअसिसमा अहिलेसम्ममा नेपालका कयौँ सरकारी, अनुसन्धान तथा शिक्षण संस्था आबद्ध छन्।

नेअसिसले आफ्ना सदस्यहरुलाई जुम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जालमार्फत निःशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेसागत जर्नलमा प्रकाशित शोध लेखहरुमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरुसँग आबद्ध रही ती निकायसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरुका शोध पूर्वाधारहरु प्रयोग गर्ने अवसर र नेपालकै संस्थाहरुले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS