IME Life New

तेस्रो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६८ करोड दाबी भुक्तानी गरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्ष २०७५/७६ को तोस्रो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६८ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत महिना सम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दोस्रोमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले २ अर्ब २७ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै तोस्रोमा लाईफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । चालु आवको चैत मसान्तसम्मा २ अर्ब २४ करोड १९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

Esewa
Crest

मेट लाईफ इन्स्योरेन्सले १ अर्ब ८८ करोड ११ लाख रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सले १ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ, एशीयन लाईफ इन्स्योरेन्स कम्पनीले ९९ करोड ३ लाख रुपैयाँ, गुराँस लाईफ इन्स्योरेन्सले ८३ करोड ६४ लाख ५४ हजार रुपैयाँ, प्राईम लाईफ इन्स्यारेन्स कम्पनीले ३४ करोड ८६ लाख ३८ हजार रुपैयाँ, सूर्या लाईफ इन्स्यारेन्स कम्पनीले १८ करोड २ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै रिलायबल लाईफ इन्स्यारेन्सले ८ करोड ३० लाख ८७ हजार, युनियन लाईफ इन्स्यारेन्सले ५ करोड ९२ लाख २७ हजार रुपैयाँ, सिटिजन लाईफ इन्स्यारेन्सले ३ करोड २८ लाख ६० हजार रुपैयाँ, आईएमई लाईफ इन्स्योरन्सले २ करोड ९२ लाख २० हजार रुपैयाँ, रिलायन्स लाईफ इन्स्योरेन्ले ९८ लाख ७२ हजार, प्रभु लाईफ इन्स्योरेन्सले ५३ लाख ८० हजार रुपैयाँ, सानिमा लाईफ इन्स्योरेन्सले ४१ लाख ६९ हजार रुपैयाँ, ज्योति लाईफ इन्स्योरेन्सले ३७ लाख ८८ हजार र सन नेपाल लाईफ इन्स्योरेन्सले २६ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नोट : माथि तालिकामा देखाईएको छ । राष्ट्रिय बीमा संस्थानको दाबी भुक्तानी रकम खुद हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS