IME Life New

तीन महिनामा १९ जीवन बीमा कम्पनीको दावी भुक्तानी १२ अर्बमाथि, नेपाल लाईफ सबैभन्दा अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास अवधिमा १९ जीवन बीमा कम्पनीहरुले १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन् । कोरोना महामारीका कारण घोषणा गरिएको निषेधाज्ञाकै बीचमा कम्पनीहरुले अर्बौ रुपैयाँ बीमितको बचत फिर्ता गर्न सफल भएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Esewa
Crest

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज महिना सम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बीमा दावी बापतको रकम बीमितलाई भुक्तानी गरेको छ ।

बीमा दावी भुक्तानीको आधारमा दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले यस अवधिमा २ अर्ब ७५ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै तेस्रोमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ६७ करोड १ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार मेट लाइफले ९० करोड ९८ लाख रुपैयाँ, नेशनल लाइफले ८६ करोड ७५ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६८ करोड ३१ लाख रुपैयाँ, युनियन लाईफकले ३८ करोड ४६ लाख रुपैयाँ, प्राइम लाईफले २९ करोड २८ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ४७ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको १९ करोड १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका छन् ।

त्यस्तै, सूर्या लाइफले १८ करोड ३७ लाख रुपैयाँ, गुराँस लाइफले १४ करोड ७२ लाख रुपैयाँ, सिटिजन लाईफले १२ करोड ७३ लाख रुपैयाँ, रिलायन्स लाइफले ६ करोड ६६ लाख रुपैयाँ, प्रभु लाइफले २ करोड १६ लाख रुपैयाँ, सन नेपाल लाइफले २ करोड ४ लाख रुपैयाँ, सानिमा लाइफले १ करोड २० लाख, ज्योति लाइफले १ करोड ४ लाख रुपैयाँ र महालक्ष्मी लाईफले २५ लाख २८ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी निकै न्यून छ ।

नोट : ( तथ्याङ्कमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको  खुद बीमाशुल्क प्रस्तुत गरिएको छ । )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS