IME Life New

तीन जीवन बीमा कम्पनीले मर्जरका लागि गरे सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन जीवन बीमा कम्पनीहरुले एक आपसमा मर्जरका लागि सम्झौता गरेका छन् । आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसरमा गाभिने गाभ्ने र मर्जरका लागि एक कार्यक्रबीच सम्झौता गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुले मर्जरका लागि सम्झौता गरेसँगै यी तीन जीवन बीमा कम्पनीहरुले पनि नेपालमा पहिलो पटक मर्जरका लागि सम्झौता गरेका छन् ।
हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।

स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुनेछ । अबको एक हप्तापछि एक्चुरी भ्यालुएशनको टिम नेपाल ल्याएर एक्चुरीको काम सम्पन्न गराएर स्वाप रेसियो तय गर्ने गरी अहिले प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफका एक संचालकले बताए । बीमा समितिले दिएको निर्देशन अनुसार यी तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन् ।

Esewa
Crest

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बीमितको हित संरक्षण गर्ने उदेश्यमा यी तीनै कम्पनीविश्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS