IME Life New

तीन करोड भन्दा धेरैको सामान आयात गर्दा प्रतीतपत्र अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन करोड रुपैयाँको मात्रै सामान आयात गर्दा पनि प्रतीतपत्र अनिवार्य गरेको छ । यस भन्दा अगाडी ५ करोड रुपैयाँ भन्दा धेरैको सामान आयात गर्दा मात्रै प्रतीतपत्र अनिवार्य थियो ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकिकृत परिपत्र २०७६ को दफा १.११.१ को खण्ड ‘क’ को व्यवस्थालाई संशोधन तथा थप गर्ने क्रममा यस्तो व्यवस्था लागु गरेको हो । पहिला मालसामान आयातको भुक्तानीका लागि प्रचलित व्यवस्था अन्तर्गत रही प्रतितपत्र, ड्राफ्ट वा टि.टि. को माध्यमबाट भारतीय रुपैयाँको सटही प्रदान गर्न सकिने व्यवस्था गरेको छ । पहिला यस्तो आयात गर्दा भा.रु. ५ करोड भन्दा बढिको आयात गर्दा मात्रै अनिवार्य प्रतीपत्र मार्फत गर्नु पर्ने व्यवस्था थियो ।

Esewa
Crest

यहि व्यवस्थालाई संशोधन गर्दै विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा चेक जारी गर्न पाइने छैन भनेको छ । साथै उल्लिखित धरौटी रकम भने लिनु पर्ने व्यवस्था कायमै छ ।

राष्ट्र बैंकले एकिकृत परिपत्र २०७६ को दफा १.१.५ को खण्ड ‘द’ मा थप गर्ने क्रममा विभागले विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा खण्ड ‘ङ’ र ‘च’ मा उल्लेख भएको चेक जारी गर्न नपाइने भएको छ । तर तोकिएका धरौटीमा रकम भने लिनु पर्ने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यलायहरु मार्फत हुने आयातको हकमा चेक जारी गर्न पाइने छैन । उल्लिखित धरौटी रकम भने लिनु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै दफा १.४.३ मा थप केहि व्यवस्था थप गरिएको छ । विभागले विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा खण्ड १.४.१ र १.४.२ मा उल्लिखित चेक जारी गर्न पाउने छैन भनिएको छ । तर उल्लिखित धरौटी रकम भने लिनु पर्नेछ भनिएको छ ।

FXMD-Circular-17_2078.79

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS