IME Life New

तीन आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान र खर्चको सीमा तय, २०८३/८४ मा आर्थिक वृद्धिदर ७% रहने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ।

आयोगका उपाध्यक्ष डा मनीबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८१/८२, ८२/८३ र ८३/८४ को राष्ट्रिय स्रोत अनुमान तथा खर्चको सीमा निर्धारण गरेको हो। संवैधानिक निकाय, विषय क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरुलागि आगामी तीन आर्थिक वर्षको खर्चको सीमा तथा स्रोतसँग मध्यकालीन खर्च संरचनाको खाका तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन र ढाँचासमेत सम्प्रेषण गरिएको आयोगले जनाएको छ।

Esewa
Crest

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भएको व्यवस्थाअनुसार समितिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेट र त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमाका लागि समष्टिगत तथा विषय क्षेत्रगत खर्चको सीमा निर्धारण तथा स्रोत अनुमान तया गर्दा विभिन्न १३ वटा विषयवस्तुलाई प्रमुख आधारका रुपमा लिएको छ।

समितिले आगामी तीन आर्थिक वर्ष २०८१/८२, ८२/८३ र ८३/८४ को आर्थिक वृद्धिदर क्रमशः ६ प्रतिशत, ६.५ प्रतिशत र ७ प्रतिशत रहने अनुमान गरेको छ। यी तीनै आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अपेक्षा समितिले गरेको छ।

National palnning commission

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS