IME Life New

तिहारको शुभसाइत सार्वजनिक, भाइटिकाको उत्तम साइत ११ः३७ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०७९ को तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कार्तिक १० गते परेको भाइटिकाको साइत भने विहान ११ : ३७ मा रहेको छ ।

समितिका अनुसार कार्तिक ५ गते शनिवारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ । यो दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।

Esewa
Crest

साथै कार्तिक ६ गते काग तिहार परेको छ भने ७ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ । नियम अनुसार कार्तिक ८ गते हुनुपर्ने लक्ष्मी पूजा उक्त दिन सूर्य ग्रहण लाग्ने भएपछि ७ गते नै लक्ष्मी पूजा गर्नुपर्ने पञ्चाङ्ग समुहले जनाएको छ ।

यसैगरी कार्तिक ८ गते मंगलवार गाई तिहार रहेको छ । ९ गते गोवद्र्धन पूजा । म्हपूजा परेको छ भने सोहि दिनबाट नेपाल संवत ११४३ प्रारम्भ हुनेछ । यो वर्ष भाइटिका अर्थात किजापूजा भने कार्तिक १० गते परेको छ । पञ्चाङ्ग समुहका अनुसार भाइटिकाको साइट विहान ११ बजेर ३७ मिनेटमा रहेको छ भने उत्तर फर्केर टिका लगाउनु एकदमै उपयुक्त रहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS