IME Life New

तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिाद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालय बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् । तिलगंगा आँखा अस्पतालका निर्देशम डा. सन्दूक रुइत र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक रहेकोले यससम्बन्धी अवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रचण्डको भनाई छ । उक्त भेटको अवसरमा प्रधानमन्त्री प्रचण्डले हालै डा. रुइत बहराइन सरकारद्धारा प्रदान गरिएको इसा अवार्डबाट सम्मानित भएकोमा बधाई व्यक्त गरे । यो सम्मानले सिंगो नेपालकै शिर उच्च राखेको बताउँदै नेपालमा अन्तराष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको प्रधानमन्त्रीले बताए ।

Esewa
Crest

उक्त भेटमा डा.रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि समेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाको बारेमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS