IME Life New

तिलगंगाको सेवा देशभर विस्तार हुँदै, पीपीपी मोडलमा खुल्यो ‘तिलगंगा आइ सिटी सेन्टर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो ।

तिलगंगाले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्दै देशभर विस्तार गर्ने उद्देश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं पर्यटन समितिका सभापति देशबन्धु वस्नेत (अजित)को लगानी रहेको एबी होल्डिङ्स अन्तरगतको एबी आईकेयरसँगको सहकार्यमा पीपीपी मोडलमा तिलगंगा सिटी आई सेन्टर संचालमा ल्याएको हो । पहिलो पटक काठमाडौंको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई केयर संचालनमा ल्याएको हो । उक्त सेन्टरको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् ।

Esewa
Crest

आखाँका विरामीहरुलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्राडा सन्दुक रुईतले बताए । ‘यो तिलगंगाको पीपीपी मोडलको पहलो अबधारण हो । यस तिलगंगाको जनशक्ति र निजी क्षेत्रको लगानीमा हामीले हाम्रो सेवालाई देशभर विस्तार गर्नेछौं,’ उक्त सेन्टरको उद्घाटन कार्यक्रममा उनले भने, ‘अबका दिनमा एबी आई केयरसँगको पीपीपी मोडलमा तिलगंगा सिटी आईकेयरलाई देशभर विस्तार गरी आँखाका विरामीलाई सेवा दिनेछौ ।’
सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि आवश्यक सेवाहरू प्रदान गर्दछ । उक्त सेन्टरबाट आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष जनशक्तिहरुद्वारा आँखाको जाच गराउँनुका साथै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू दिनेछ । यसैगरी मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धी र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भिजन थेरापीको सेवासुविधाहरु समेत उक्त सेन्टरले प्रदान गर्नेछ ।

साथै कार्यक्रममा प्राडा रुईतले संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको भन्दै प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरिएको बताए । ‘क्वालिटी आई सर्भिस एट योर डोरस्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएका छौं,’ उनले भने, ‘अबका दिनमा तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि काम गर्नेछ ।’

पीपीपी मोडलमा उक्त आईसेन्टरको स्थापनासँगै स्वाथ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका बढ्दै जाने र त्यसले अबका दिनमा विरामीलाई सहज रुपमा सेवा प्रदान गर्नै सकिन तिलगंगाल सिटी आईसेन्टरका प्रबन्ध निर्देशन देशबन्धु वस्नेतले बताए । ‘हामीले तिलगंगा आँखा अस्पताको सेवालाई विरामी माझ अझै सहज रुपमा पुर्याउन पीपीपी मोडलमा उक्त आई सेन्टर संचालमा ल्याएका छौं,’ उनले भने, ‘अबका दिनमा उक्त सेन्टरलाई देशभर विस्तार गर्ने छौं जसले गर्र्दा तिलगंगाको सेवा लिन देशभरबाट काठमाडौं धाईरहनुपर्ने बाध्यता हट्नेछ ।’ साथै अबका दिनमा उक्त आई सेन्टरलाई देशभर पुर्याउन द्वूत गतिमा काम गरिने समेत वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS