IME Life New

तामाकोशी ३ हाइड्रोपावरका लागि भवन भट्टले गरे अमेरिकी कम्पनीसँग सम्झाैता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि वित्तीय श्रोतको अभावसँग जुधि रहेका गैरआवासीय नेपाली भवन भट्टको बिबि होल्डिङसले प्रस्तावित ६५० मेगावाट क्षमताको तामाकोशी ३ जलविद्युत आयोजनाको निर्माणका लागि अमेरिकी कम्पनीसँग साझेदारी गरेको छ। जलविद्युत आयोजना निर्माणका लागि अमेरिकाको बिजी टाइटन ग्रुपसँग सम्झाैतामा हस्ताक्षर गरेको हो ।

बिबि होल्डिङ्स अन्तर्गतको टि थ्री हाइड्रो कम्पनीले दोलखामा ६५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि ६ वर्ष अघि नै उर्जा मन्त्रालयबाट इजाजत पाए पनि अझैसम्म निर्माण कार्य शुरू भएको छैन । दोलखाको गोपीखोलामा यो परियोजना निर्माणको लागि प्रस्ताव गरिएको छ।

Esewa
Crest

सम्झाैता पत्रमा हस्ताक्षरपछि जारी प्रेस विज्ञप्तीमा बिजी टाइटन ग्रुपका प्रमुख कार्यकारी एमन बाैघानमीले भने, तामाकोशी जलविद्युत आयोजनाले नेपालमा उर्जामा परनिर्भरताको अन्त्य गर्न एउटा परिवर्तनकारी पहल हो, हामी यो अभियानमा बिबि होल्डिङ्ससँग मिलेर नेतृत्व गर्न पाउँदा गर्ववान्तित छाैं र यो परियाेजनालाइ सम्पन्न गर्न ठूला साझेदारहरूसँग हातेमालो गर्न इच्छुक छाैं। बिजी टाइटन ग्रुपले अमेरिकी विकास नियोगको सहयोगमा नेपालमा नविकरणीय उर्जा परियोजनाहरूमा लगानी गरिरहेको छ।

गैरआवासीय नेपाली भवन भट्ट पछिल्लो समयमा पूँजी अभावको समस्याबाट गुज्रि रहेका छन्। उनले वित्तीय श्रोत व्यवस्थापनका लागि गत वर्ष बिबि होल्डिङ्स अन्तर्गत काभ्रेको पाँचखालमा सञ्चालित धुलिखेल माउण्टेन रिसोर्ट बिक्री गरेका थिए । यो रिसोर्ट चैत्र २०८० मा होल्डिङसले बिक्री गरेको थियो ।

बिबि होल्डिङसले टी थ्री हाइड्रो कम्पनी प्रालिमार्फत जलविद्युत आयोजना निर्माणको इजाजत प्राप्त गरेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट तल्लो बहाव क्षेत्रमा रहेको तामाकोशी ३ जल प्रवाहमा आधारित जलविद्युत आयोजना हो । यसले वार्षिक २४३२.७६ गिगावाट आवर उर्जा उत्पादन गर्नेछ ।

शुरुमा ब्राजिलको कम्पनी ब्रास पावरको स्वामित्वमा रहेको उक्त आयोजना पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको स्वामित्वमा रहेको बीबी होल्डिङले उर्जा मन्त्रालयमार्फत प्राप्त गरेको थियो । भट्टले ६ वर्ष अघि नै यो आयोजनाको इजाजत पत्र हात पारेपनि अझैसम्म यसको निर्माण कार्य शुरू हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS