IME Life New

तरलता प्रभाव: व्यक्तिगत लाभका लागी बिन्ती गर्छन बीमाका कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा तरलता अभावसँगै बैंक वित्तीय संस्थाहरुले निक्षेप आकर्षित गर्न हानाथाप गर्दा त्यसको सकारात्मक र नकारात्मक दुबैखाले प्रभाव जीवन बीमा कम्पनीहरुमा देखा पर्न थालेको छ ।

निक्षेपको लागी पर्याप्त लगानी गर्न सक्ने अवस्थामा रहेका जीवन बीमा कम्पनीहरुले मुद्दती निक्षेप उपलब्ध गराउनको लागी वाणिज्य बैंकहरु सामू विभिन्न शर्त तेस्र्याई रहेका छन् । जीवन बीमा कम्पनीहरुले निक्षेपको खाँचोमा रहेका वाणिज्य बैंकसँग चल्तीको ब्याज दर भन्दा अतिरिक्त ब्याज दर दिनुपर्ने शर्त राख्दै ब्याज आम्दानी बढाउने मौका छोपेका छन् । यो मात्र नभएर साथै केही जीवन बीमा कम्पनीका वित्त प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले व्यक्तिगत लाभका लागी समेत बार्गेनिङ गरेको गुनासो आउन थालेको छ ।

Esewa
Crest

वाणिज्य बैंकहरुसँग लगानीका लागी पर्याप्त तरलता नहुँदाको नकारात्मक प्रभाव पनि जीवन बीमा व्यवसायमा देखा परेको छ । गत आर्थिक वर्षमा जेनतेन व्यापार बिस्तार गरेका जीवन बीमा कम्पनीहरुको लागी चालू आर्थिक वर्षको साउन महिना देखि नै खासै उत्साहप्रद व्यवसाय हुन सकेको छैन । गत आ.व. २०७८।७९ को साउन महिनाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म मात्र यस पटकको साउनमा व्यापार भएको अनुमान गरिएको छ ।

वाणिज्य बैंकहरुले मुद्दती निक्षेप आकर्षि गर्नको लागी ६ वर्षमै दोब्बर रकम, २० लाखसम्मको बीमा सुविधा सहितको आकर्षक उपहार योजनाहरु सार्वजनिक गर्दा जीवन बीमा कम्पनीको उच्च व्यवस्थापन अवाक बनेको छ । मुद्दती निक्षेपबाट ६ वर्षमा डब्बल भुक्तानी प्राप्त गर्न एकमुष्ठ रकम जम्मा गर्नुपर्छ । जीवन बीमामा किस्ता किस्ता गर्दै जम्मा गरे पुग्छ । तर सर्वसाधारणले यो पक्षलाई नजर अन्दाज गर्दै बीमाबाट १५ वर्षमा पनि पैसा डब्बल हुँदैन, बैंकमा ६ वर्षमै डब्बल हुन्छ भन्दै प्रतिकृया दिन थालेका छन् ।

बजारमा लिक्वीडिटी नै छैन, एक जना नायब प्रमुख कार्यकारी अधिकृतले भने, जुन शाखा प्रबन्धकसँग कुरा गर्दा पनि अपेक्षित व्यापार नहुनुको पछाडी यही कारण देखाउँछन् ।

रेमिट्यान्स आप्रवाहसँगै निर्यात व्यापार बढ्न नसके यस पटक जीवन बीमा कम्पनीहरुको लागी चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । लाख रुपैयाँभन्दा बढी बीमाशुल्क भुक्तानी गर्न सक्ने ठूलो बीमांकको बीमालेख खरिद गर्न सक्ने क्षमता व्यापारी वर्गमा मात्र हुन्छ । यो वर्ग अहिलेको तरलता अभावका कारण ऋण नपाएर सोचे जस्तो व्यवसाय गर्न सकेको छैन । अर्कोतर्फ चर्को ब्याज दरका कारण ऋण चुक्ता गर्नुपर्ने दबाबमा समेत छ । स साना बीमांकको बीमालेख बेचेर व्यवसायीक लक्ष्य पुरा गर्न सकिंदैन, एकजना प्रमुख कार्यकारी अधिकृत भने, ठूलो बीमांकको बीमा गर्ने भनेका ठूला ठूला व्यापारी हुन्, जो आफ्नो पैसा नभएर बैंकको पैसा खेलाउन रुचाउँछन् ।

तरलता अभावका कारण गत वर्ष शहरी क्षेत्रको व्यापार खस्किए पनि ग्रामीण भेगको व्यापार बढेको थियो । अहिले महँगीका कारण सर्वसाधारणले बचत गर्न सक्ने क्षमता कमजोर भएकाले स साना बीमांकको बीमालेख बिक्री गर्न पनि हम्मे हम्मे परेको अभिकर्ताहरुको प्रतिकृया छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS