IME Life New

तरलता थुप्रिएपछि आठौँपटक बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक, आज बोलकबोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज मंसिर २८ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

Esewa
Crest

१४ दिने यो निक्षेप संकलन उपकरणको पुस १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। योसँगै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न मंसिरमा मात्रै आठौँपटक यो उपकरण प्रयोग गर्न लागेको हो।

यसअघि राष्ट्र बैंकले मंसिर २२ गते २५ अर्ब रुपैयाँ, मंसिर २१ गते २५ अर्ब रुपैयाँ, मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट तानेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS