IME Life New

तरलता अभावः जीवन बीमकको लागि आशाको केन्द्र बन्दै ग्रामीण भेग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट चुलिएको बेला औपचारिक वित्तीय सेवामा पहुँचभन्दा बाहिर रहेको जनसंख्या अहिले जीवन बीमकहरुको लागि आकर्षण बनेको छ । बैंक तथा वित्तीय संस्थाहरुको सेवा उपभोग गरिरहेको जनसंख्या ठूलो भएको भूगोलबाट प्राप्त हुने व्यवसायमा अहिले मन्दी आएपछि जीवन बीमकहरुलाई अनौपचारिक आर्थिक गतिविधिमा बढी निर्भर रहेको ग्रामीण भेग आशाको केन्द्रको रुपमा देखिन थालेको हो ।

कात्तिक महिनाबाट मंसिर महिनामा आइपुग्दासम्म जीवन बीमकहरुले प्राप्त गरेको व्यवसायमा यस अघिका महिनाहरुमा खासै उल्लेखनीय योगदान नदेखिएका क्षेत्रहरुको व्यवसाय चम्किएको देखिएको छ । विप्रेषणको आप्रवाह हुने क्षेत्रहरुबाट पनि बीमा व्यवसायमा उल्लेखनीय योगदान देखिएको छ ।

Esewa
Crest

जीवन बीमकहरुबीच प्रतिस्पर्धा बढ्दै जाँदा पचास लाखदेखि करोडभन्दा माथिको बीमांकमा बढी जोड हुन थालेकोमा अहिले बजारमा तरलता अभाव बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य पूँजीको अभावले अहिले स–सानो बीमांकको बीमालेख बिक्रीलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बाध्यतात्मक अवस्थाआएको छ ।

ठूलो बीमागर्ने भनेको उद्योगी,व्यापारी नै हुन्, एक बीमकको काठमाण्डौंस्थित शाखाका प्रबन्धकले भने,तर अहिले पैसै छैन भन्छन्, बैंकहरुमार्फत् पनि फाट्टफुट्ट मात्र व्यवसायआइ रहेको छ। ग्रामीण क्षेत्र वानयाँभूगोलबाट व्यवसायमा वृद्धि देखिएको होइन,एक जीवन बीमकको बजार व्यवस्थापन विभाग प्रमुखले भने,ठूलो बजार भनिएका महानगर, शहरी क्षेत्रको व्यवसाय ओरालो लागेपछि पहिले पहिले पुछारमा हुने ती क्षेत्रहरु अग्रपंक्तिमा उक्लिएका मात्र हुन् ।

बीमा समितिले जारी गरेको मंसिर महिनाको तथ्यांकअनुसार साउन महिनाको तुलनामा मंसिर महिनाकोे कुल बीमा शुल्क आम्दानीमा झण्डै ३० प्रतिशतले गिरावट आएको छ । अधिकांश शहरी उपभोक्ता बैंकिङ प्रणालीमै निक्षेप राख्ने र बैंकिङ प्रणालीबाटै ऋण लिएर पूँजीको खाँचो टार्छन्,अर्का एक बीमकले प्रतिकृया दिंदै भने, तर ग्रामीण भेगमा सकेसम्म नगदै बचत गर्ने, सहकारी वा बचत समूहमा जम्मा गर्ने प्रवृत्ति हुन्छ,जहाँ राख्न र झिक्न तुलनात्मक रुपमा सहज हुन्छ ।

जीवन बीमाको लागी तिर्नुपर्ने बीमा शुल्कतिर्नको लागी उनीहरुले बैंक वा वित्तीय संस्थामा राखेको बचत रनिक्षेप नै झिक्नुपर्ने वा कुनै प्रयोजनको लागी कर्जा लिएर केही अंश जीवन बीमामा पनि लगानी गर्ने बाध्यता शहरी क्षेत्रको उपभोक्ता भन्दा ग्रामीण भेगका उपभोक्तामा ज्यादै न्यून हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS