IME Life New

तनहुँ र बारामा उपनिर्वाचनका लागि २६ वटा दल दर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०८० साल वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् ।

नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१२ बमोजिम निवेदन पेश हुन आएका २५ (पच्चीस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम एवम् राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ र राजनीतिक दलसम्बन्धी नियमावली,२०७४ को नियम १८ को उपनियम (२) सँग सम्बन्धित अनुसूची–१३ बमोजिम एकल निर्वाचन चिह्न लिई उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निवेदन पेश हुन आएका ३ (तीन) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (३) बमोजिम दर्ता गर्ने निर्णय भएको छ ।

Esewa
Crest

दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम निर्वाचन चिह्न निर्धारण गरी उपनिर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले संवत् २०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS