IME Life New

तनहुँमा भिजन सेक्युरिटिजको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा चैत्र २५ गते शनिवार उद्योग वाणिज्य संघको हल व्यास–०२, दमौली, तनहुँमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघ, तनहुँको विषेश सहयोगमा यस प्रा.लि.को शाखा कार्यालय दमौलीले ओयोजना गरेको उक्त कार्यक्रमा व्यास नगरपालिकाका वडा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिज्यूहरु, तनहुँ टेलिभिजनका अध्यक्ष शंकर राज नहर्की तनहुँ उद्योग वाणिज्य संघ दमौली वजार इकाईका महासचिव माधव न्यौपाने, भेञ्चर क्यापिटल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा प्रशिक्षक भिम प्रसाद पन्त, विशेष अतिथि व्यास न.पा.का उप–प्रमुख ईन्दिरा गैर लगायतको उपस्थितिमा तनहुँ उद्योगा वाण्ज्यि संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा यस प्रा.लि.का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाको सभापतित्वमा उक्त कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो ।

दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानिकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । कम्पनीको आधारभुत वित्तिय विवरणको विश्लेषण तथा आधारभुत प्राविधिक विश्लेषण सम्वन्धमा भेञ्चर क्यापिटल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद पन्तले कार्यपत्र प्रस्तुत गरे ।

Esewa
Crest

आर्थिक मन्दीको असरले शेयर वजारलाई पनि प्रभावित वनाएकोले हालको अवस्थामा सुझबुझका साथ लगानि गर्न उप–मेयर ईन्दीरा गैरेले आव्हान गरिन् । यसै गरि कम्पनीको अवस्था, वित्तिय विवरण, कम्पनीका सञ्चालकहरु आदि बारे राम्रो संग जानकारी लिएर शेयर वजारमा लगानी गर्नु पर्ने विषयमा उद्योग वाणिज्य संघ, तनहुका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले आफ्ना भनाईहरु राखेका थिए । उक्त कार्यक्रममा सामाजिक संघ संस्थका प्रतिनिधि तथा लगानिकर्ताहरु गरि लगभग २०० जनाको उपस्थिति रहेको थियो ।

यस भिजन सेक्यूरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) ले हाल उपत्यका वाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली, गणेशटोल–वेनी कास्की– विरौटा, ईलाम–ईलाम वजार, कैलाली–टिकापुर र कपिलवस्तुको चन्द्रौटामा गरि उपत्यका वाहिर ९ वटा शाखा वाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आगामी दिनहरुमा ईलामको ईलाम वजार तथा कैलालीको टिकापुरमा यस प्रकारका लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने समेत जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS