IME Life New

तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनका लागि तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएका छन् । उनले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने भएको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए ।

Esewa
Crest

मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS