IME Life New

डोनाल्ड ट्रम्पको हत्या प्रयास, कानमा लाग्यो गोली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ। पेन्सिल्वेनियाको बटलरमा चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ट्रम्पमाथि गोली प्रहार भएको हो।

ट्रम्पको दाहिने काममा गोली लागेको छ। उनलाई चुनावीसभाबाट बाहिर लगिएको छ। उनी सुरक्षित रहेको सुरक्षाकर्मीहरुले जनाएका छन्।

Esewa
Crest

एउटा घरको छतमाथि बसेको पेसेवर सुटरले ट्रम्पमाथि गोली चलाएको सञ्चार माध्यमहरुले जनाएको छ। यद्यपि, प्रतिकारमा ती सुटरको ज्यान गएको बताइएको छ। त्यस क्रममा चुनावी सभामा सहभागी अर्का एक सर्वसाधारणको पनि मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइनले ट्रम्पमाथि चुनावी सभामा भएको आक्रमणको निन्दा गरेका छन्। उनले यस्ता हिंसात्मक घटनाका लागि अमेरिकामा कुनै स्थान नरहेको बताएका छन्। उनले यस्ता घटनाविरुद्ध एकजुट हुन सबैलाई आह्वान पनि गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS