IME Life New

डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिले मार्क जुकरबर्गलाई ठूलो झट्का, एकैदिन गुमाए ७.८५ अर्ब डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको मूल फर्म मेटा प्लेटफर्मको शेयरमा सोमबार भारी गिरावट आएको छ। यसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा अभिव्यक्ति थियो। राष्ट्रपतिको चुनाव लडिरहेका ट्रम्पले फेसबुकलाई जनताको शत्रु भनेका छन्। जसका कारण मेटा प्लेटफर्मको शेयर करिब ४.४२ प्रतिशतले घटेको छ।

योसँगै कम्पनीका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको नेटवर्थमा पनि भारी गिरावट आएको छ। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ७.८५ अर्ब डलरले घटेको छ। जुकरबर्ग विश्वका चौथो धनीव्यक्ति हुन्। जसको कुल सम्पत्ति १७४ अर्ब डलर छ। यो वर्ष मार्क जुकरबर्गको कुल सम्पत्ति सबैभन्दा बढी ४५.६ अर्ब डलरले बढेको छ।

Esewa
Crest

सन् २०२१ जनवरीमा ट्रम्प चुनाव हारेपछि हिंसा भड्किएको थियो। त्यसपछि फेसबुकले ट्रम्पमाथि २ वर्ष प्रतिबन्ध लगाएको थियो। फेसबुकले २०२३ फेब्रुअरीमा ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट पुनर्स्थापित गरेको थियो।

एक अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ फेसबुक इमान्दार छैन। मलाई लाग्छ फेसबुक देशका लागि धेरै खराब छ, विशेषगरी चुनावमा यसको भूमिका शंकास्पद छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS