IME Life New

डेलाेयट बीमा ठगी सर्वेक्षणः भारतमा जीवन र स्वास्थ्य बीमामा ठगीका घट्नामा वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । छिमेकी मुलुक भारतमा बीमा सेवामा ठगीका घटनाहरुमा वृद्धि भएकाे पाइएकाे छ।  डेलाेयट बीमा ठगी सर्वेक्षण २०२३ काे प्रतिवेदन अनुसार, भारतीय बीमा कम्पनीले जीवन बीमा र स्वास्थ्य बीमामा ठगीका घटनामा वृद्धि भएको अनुभव गरेका छन्।

सर्वेक्षणमा सहभागी लगभग ६० प्रतिशत उत्तरदाताले ठगीमा उल्लेखनीय वृद्धि भएको विश्वास गरेका छन् । १० प्रतिशतले उनीहरूले ठगीमा थोरै वृद्धि भएको बताएका छन्।

Esewa
Crest

ठगीका घटनाहरु वृद्धि हुँदै गएकाले यसकाे नियन्त्रणका लागी भारतीय बीमा कम्पनीहरुसामू चुनाैती थपिएकाे छ ।

सहभागीहरुमध्ये ६० प्रतिशत बीमकले ठगी नियन्त्रणका लागी आफ्नो बजेटमा सामान्य वृद्धि गर्ने योजना रहेको बताएका छन् भने बाँकीले गत वर्षकै बजेटलाई निरन्तरता दिने प्रतिकृया दिएकाे प्रतिवेदनमा उल्लेख छ ।

बीमा व्यवसायमा ठगीमा वृद्धिकाे केही प्रमुख कारकहरूमा डिजिटलाइजेशनमा वृद्धि (३४ प्रतिशत), र महामारीका कारण कार्यस्थलभन्दा टाढा रहेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था र कमजोर नियन्त्रणहरू (प्रत्येक २२ प्रतिशत) पाइएकाे सर्वेक्षण प्रतिवेदनले उल्लेख गरेकाे छ।

सर्वेक्षणअनुसार डिजिटलाइजेसनले बीमा क्षेत्रको वृद्धिमा प्रमुख उत्प्रेरकको रूपमा काम समेत गरेको छ । उनले भने, डिजिटलाइजेसनको सकारात्मक र नकारात्मक दुबै प्रभाव बढेकाे छ।

नक्कली बीमालेख जारी गर्ने बीमालेखमा नभएका सुविधाहरु बीमालेखमा निहित रहेकाे भन्ने गलत जानकारी दिएर बीमितलाई भ्रममा पार्ने विद्युतीय माध्यमबाट बिमालेखकाे बीमाशुल्क स‌ंकलन गरेर बिमालेख जारी नगरिदिने लगायतका ठगीका घटनाहरू प्रकाशमा आएका छन् । यसबाहेक बीमितकाे तर्फबाट फर्जी प्रमाणकाे आधारमा स्वास्थ्य बीमा दाबी गर्ने प्रवृत्ति पनि बढेकाे पाइएकाे छ ।

बीमा सेवा प्रवाहमा सूचना प्रविधि र विद्युतीय माध्यमकाे प्रयाेगमा वृद्धि हुँदै गर्दा बीमितकाे व्यक्तिगत तथ्या‌ंकहरूकाे सुरक्षा र गाेपनियताकाे सम्बन्धमा पनि सर्वेक्षणमा सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS