IME Life New

डेपुटी गभर्नरमा पहिलो पटक महिला, निलम ढुङ्गाना सहित बम बहादुर मिश्र नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिलालाई नियुक्त गरेको छ। मन्त्रिपरिषदले डा. निलम ढुङ्गाना तिम्सिना सहित बम बहादुर मिश्रलाई ५ वर्षको लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो।

गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिदमा यस अगाडि पेश गरेका चार जनाको नाम भन्दा बाहिर गएर नियुक्त भएको छ। अधिकारीले डा. निलम ढुङ्गाना तिम्सिना, देव कुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको नाम सिफारिस गरेका थिए। तर बम बहादुर मिश्रको नाम सिफारिस गरिएको सूचि भन्दा बाहिरको हो।

Esewa
Crest

फागुन १९ गतेदेखि दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ अवकास भएका थिए। दुबै जना एकैदिन अवकास भए पछि अधिकारीले  अर्थमन्त्रालयलमा चार जनाको नाम सिफारिस गरेका थिए। सञ्चार माध्यममा सार्वजनिक भएका नाम भन्दा बाहिरबाट मिश्रको नियुक्ती भएको हो।

हाल तिम्सिना नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी छिन्। मिश्र विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS