IME Life New

डेढ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंकको ईपीएस बढ्यो, वितरणयोग्य मुनाफा झन्डै २ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.३६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.६७ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ४.३८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ५ अर्ब २३ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने १४.२२ प्रतिशत घटेर ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २४ अर्ब ८९ करोड २९ लमाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २३ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ५ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९७ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य बढेर १६.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.७१ रुपैयाँ थियो। पीई रेसियो १५.७१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७४.२० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS