IME Life New

डीएभी कलेजको अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डीएभी कलेज अफ म्यानेजमेन्ट, भनिमण्डल ललितपुरले बी.बी.ए. विद्यार्थीहरु लक्षित बृहत अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम कार्तिक २० र २१ गते होटल कन्ट्री भील्ला नगरकोटमा आयोजना गरिएको थियो ।

डीएभी कलेजद्वारा जारी बिज्ञप्ति अनुसार उक्त कार्यक्रम मार्फत विद्यार्थीैहरुलाई बी.बी. ए. अध्ययनसँग सम्बन्धित आधारभुत ज्ञान प्रदान गर्नुका साथै उक्त बिषयको क्षेत्र, भविष्य र अध्ययनका पूर्वसर्तहरु लगायत पठनपाठनका तौरतरिकाहरु बताइएको थियो ।

Esewa
Crest

दुई दीवसीय उक्त कार्यक्रमका मुख्य प्रस्तोता प्रा.डा. डिल्ली राज शर्मा, डीन, व्यवस्थापन संकाय टी.यु, डी.ए.भी. कलेजका अध्यक्ष अनिल केडिया र व्यवसायिक तालिमकर्ता मनोहर मान श्रेष्ठ रहेका थिए ।

प्राध्यापक डिल्लीराज शर्माले विद्यार्थीहरुलाई उच्च सफलताको सन्देश दिदैं दृढ इच्चाशक्तिका साथ अध्ययनमा व्रिmयाशिल रहन प्रेरित गरे ।सोही अबसरमा कलेज व्यवस्थापनका सदस्यहरुको विभिन्न प्रस्तुती रहेको थियो ।

सोही अवसरमा उनले डी.ए.भी. कलेज अफ म्यानेजमेन्ट एक उत्कृष्ट व्यवस्थापन कलेजको रुपमा स्थापित गर्न सफल रहेका अक्ष्यक्ष अनिल केडिया, एकेडेमीक एडभाईजर एवं एसोसीयट प्रोफेसर डा. मनोजकुमार चौधरी लगायत सम्पूर्ण टीमको प्रसंशा समेत गरे । उनले यस संस्थाबाट आफुहरुले थप आशा र भरोसा गरेको समेत बताए ।

त्यसैगरि अध्यक्ष अनिल केडियाले सम्पूर्ण सहभागिहरुलाई सफलताको शुभकामना दीए । उनले उक्त अवसरमा डी.ए.भी. कलेज ज्ञान, संस्कार र प्रविधिको संयोजन रहेकाले कर्पोरेट क्षेत्रमा यस कलेजबाट दीक्षित विद्यार्थीहरुले छुट्टै परिचय बनाउन सफल रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS