IME Life New

डिम्याट खाता नविकरण नगरेका लगानीकर्ताले आइपीओ भर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताहरुको ‘मेरो शेयर’ रोक्का हुने भएको छ । सिडीएससी एण्ड क्लियरिङले गत साउन १६ गते डिम्याट खाता नविकरण गर्न लगानीकर्ताहरुलाई भदौ १५ गतेसम्मको म्याद दिएको थियो। सो समयमा पनि डिम्याट नविकरण नगर्ने लगानीकर्ताहरुको मेरो शेयर नखुल्ने जनाएको छ ।

सिडीएससीले लगानीकर्ताले आफ्नो हितग्राही खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेकोमा सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले ईडीआईएस हुन नसकी क्लोज आउट पर्ने गरेको जनाएको छ ।

Esewa
Crest

सिडीएससीले लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गराउन आग्रह गरेको छ । मेरो शेयर मार्फत नै हितग्राही खाता नवीकरण गर्न सकिने व्यवस्था गरेको भएतापनि कतिपय लगानीकर्ताले आफ्नो हितग्राही खाताको नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्ने गरेको पाइएकाले हितग्राही खाता नविकरण नगरेका लगानीकर्ताको मेरो शेयर नै रोक्का गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS