IME Life New

डिप्रोक्स लघुवित्तद्वारा शंकास्पद वित्तीय विवरण सार्वजनिक, नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुमाथि कडा नियमन जारी राख्न थालेपछि लघुवित्त कम्पनीहरुको मुनाफा घट्न थालेको सन्दर्भमा आज वित्तीय विवरण प्रकाशित गरेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा दोब्बर बनाउन सफल भएको छ । यद्यपि कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण शंकास्पद देखिएको छ ।

कम्पनीबाट ऋण प्रवाह भएको रकम मध्ये ऋणीले समयमा भुक्तानी नगरेका कारण एक अर्ब १३ करोड रुपैयाँ प्रोभिजन गर्नुपरेको तथ्याङ्क वित्तीय विवरणले देखाउँछ भने तीन महिनाको अवधीमा कम्पनीले एक अर्ब ४२ करोड रुपैयाँ फसेको रकम उठाउन सफल भएको पनि सोही वित्तीय विवरणमा उल्लेख छ । सो सम्बन्धमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका फाईनान्स म्यानेजर राजु महत क्षेत्रीले नेपाल राष्ट्र बैंकको अघिल्लो आर्थिक वर्षको नियम अनुसार प्रोभिजन गरिएको र गत साउन १३ गते जारी गरिएको निर्देशिकाबाट कोभिडका कारण राईटब्याक सुविधा दिने निर्णय गरेकोले सो बमोजिम राईट ब्याक गरिएको बताए ।

Esewa
Crest

डिप्रोक्स लघुवित्तका अर्का एक उच्च अधिकारीले भने राईट ब्याक कागजी मात्रै भएको स्वीकार गरेका छन् । भरतपुर चितवन केन्द्रीय कार्यालय रहेको डिप्रोक्स लघुवित्त कम्पनीले खुद नाफा १०६ प्रतिशतले वृद्धि गर्दै १९ करोड ८० लाख ९३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा नौ करोड ५८ लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कोरोना महामारी र नेपाल राष्ट्र बैंकले ब्याजदरमा लगाएको थ्रेसहोल्डका बावजुद पनि कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ खूद आम्दानी गर्न सफल भएको छ ।

चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको यस लघुवित्तको कोभिडका कारण प्रोभिजन नै एक अर्ब ३७ करोड भन्दा बढि छ । गत असोज मसान्तसम्ममा लघुवित्तले ५ अर्ब २५ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन १३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको सापटी मात्रै पाँच अर्बभन्दा बढि ।

चालु आवको प्रथम त्रैमासमा डिप्रोक्स लघुवित्तको जगेडा कोषमा एक अर्ब ८ करोड ३७ लाख रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०७.७९ रुपैयाँ, कोषको लागत ७.४७ प्रतिशत, खराब कर्जा अनुपात ०.६५ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.७७ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS