IME Life New

डिप्रोक्स लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश पारित सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा आज चैत २५ गते, आइतबार गर्दैछ। उक्त सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजे शुरु हुने जनाएको हो ।कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Esewa
Crest

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १५ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु लघुवित्तको साधारण सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS