IME Life New

डिजिटल वालेटबाटै बीमालेख धितोमा कर्जा दिने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । तपाईले खल्तीमा बोक्दै आएको स्मार्ट मोबाइल फोनमार्फत् बैंक सरह नै कर्जा लिने सुविधा चाँडै नै शुरु हुँदैछ । ई सेवा, कनेक्ट आइपिएस, खल्ती, आइएमई पे,प्रभु पेलगायतका डिजिटल वालेटका प्रयोगकर्ता वा मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताले पाँच लाख रुपैयाँसम्मको कर्जा बैंक वा वित्तीय संस्थासम्म नै नगएर मोबाइल एप्समार्फत् नै निवेदन दर्ता गर्न सक्नेछन् । यसरी कर्जाको लागी दर्ता भएको केही समयमै सम्बन्धित ग्राहकको खातामै कर्जाको रकम जम्मा हुनेछ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट कर्जा सुविधा निर्देशिका २०७८ मा विद्युतीय माध्यमबाट प्राप्त निवेदनको आधारमा पाँच लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

Esewa
Crest

राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएसँगै विशेषगरी डिजिटल वालेट सेवा प्रदायक संस्थाहरु बैंक,वित्तीय संस्था,लघु वित्त, सहकारी, जीवन बीमा कम्पनीहरुसँग हातेमालो गर्दै आफ्ना ग्राहकलाई २४ सै घण्टा कर्जा सुविधा उपलब्ध गराउने प्रणाली तयार पार्न व्यस्त रहेका छन् ।

बीमालेखको धितोमा कर्जा प्राप्त गर्नको लागी सक्कली बीमालेख नै बोकेर बीमकको कार्यालय जानुपर्ने बाध्यता समेत हट्नेछ । डिजिटल वालेटमा ग्राहक पहिचान विवरण अध्यावधिक गरेका, नियमित कारोबार गर्दै आएका र कुनै पनि शंकास्पद वित्तीय कारोबारको अभिलेख नभएको ग्राहकको विश्वसनीयताको अंक(क्रेडिट स्कोर)को आधारमा डिजिटल वालेटमार्फत् नै निश्चित सीमासम्म कर्जा प्रवाह गर्न संभव हुने डिजिटल वालेट सेवा प्रदायकहरुको भनाई छ ।

कुनै बीमितले बीमालेख धितोमा कर्जा लिइ सकेपछि बीमकको कोर सफ्टवेयरमा नै कर्जा जारी भएको विवरण अध्यावधिक हुनेछ । यसले गर्दा एकपटक कर्जा लिईसकेको बीमितले पुनः कर्जाको लागी आवेदन दिंदा उसको पुरानो कर्जाको विवरण हेरेर कम्पनीले आवश्यक निर्णय लिनेछ ।

बीमालेखको धितोमा कर्जा लिएर पनि लामो समयसम्म सम्बन्धित बीमितले बीमाशुल्क भुक्तानी गर्ने वा कर्जाको साँवा वा ब्याज भुक्तानी नगरेमा त्यस्तो जीवन बीमालेख स्वतः जफत हुने प्रावधान रहेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ५७ अर्ब ६९ करोड रुपैयाँ बीमालेख कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीले ४७ अर्ब १२ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार तलबी बचत खाता भएका कर्मचारीहरुले बढीमा पाँच लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट वित्तीय सेवा प्रदान गर्ने बैंक वा डिजिटल वालेटमार्फत् प्राप्त गर्नसक्नेछन् । अन्यखाले ग्राहकले अधिकत्तम दुई लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नसक्नेछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको बन्दाबन्दी शुरु भएयता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्ने ग्राहक र कारोबार संख्या दुबै लगातार वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् ९४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । डिजिटल वालेटमार्फत् १६ अर्ब २७ करोड रुपैयाँको कारोबार हुँदा क्यूआर कोडमार्फत् ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी प्वाइन्ट अफ सेल्स(पिओएस)मार्फत् ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तर कार्डमार्फत् अनलाइन किनमेलवापतको भुक्तानी चाहिँ ८४ करोड ३० लाखबाट ३४ करोड ९० लाख रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS