IME Life New

डिजिटल माध्यमबाट तिहार लक्षित मार्केटिङ गर्दै जीवन बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस वर्ष कोरोनाको महामारीका बीचमा नेपालीहरुले तिहार मनाउँदैछन् । तिहार विशेषगरी, दाजुभाइ–दिदी बहिनीहरुको पर्वको रुपमा लिइन्छ । तिहारमा जीवन बीमा कम्पनीहरुले तिहार लक्षित एजेन्सी मोटिभेशनल कार्यक्रमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेका छन् ।

नेशनल लाईफ इन्स्योरेन्सका सिईओ भरत बस्नेतले दशैं तिहारको समयमा समेत अभिकर्ता, एजेन्सीहरुलाई तालिम तथा अभिमुखिकरण गरिएको बताए । बस्नेतका अनुसार तिहारमा हुने आर्थिक गतिविधिका लागि डिजिटल प्लेटफर्मबाटै तालिम तथा मार्केटिङ कला सिकाउने गरिएको बताए ।

Esewa
Crest

दशैं सकिए पनि तिहारमा हुने बीमाको व्यवसाय प्रति जीवन बीमा कम्पनीहरु सचेततापूर्वक काम गरिरहेका छन् । सानिमा लाईफ इन्स्योरेन्सका कर्पोरेट बिजनेश प्रखुम गुणराज श्रेष्ठले भने, ‘हामीले सबै तालिमहरु डिलिटल्ली सञ्चालन गर्दै आएका छौं, एकदमै प्रभावकारी देखिएका छन् ।’ डिजिटल माध्यमबाट मार्केटिङ गरिरहेका कम्पनीहरुले बीमितलाई समेत डिजिटल्ली नै बीमा गर्न अभिप्रेरणा दिइरहेका छन् । नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरु यतिबेला मार्केटिङको लागि डिजिटल प्लेटफर्ममार्फत गरिरहेका छन् ।

तिहारको विशेष समयमा मार्केटिङ गर्ने कार्य डिजिटल माध्यमबाट गरिएको बताउँछिन, रिलायन्स लाईफ इन्स्योरेन्सकी सबैभन्दा बढि व्यवसाय गरेकी नमिता न्यौपाने । उनले भनिन्, ‘विगतका वर्षहरुमा तिहारमा विशेष कार्यक्रमहरु समेत गर्ने गरेका थियौं, यस वर्ष डिजिटलमा सीमित भएका छौं । डिजिटल माध्यमबाट मार्केटिङ गर्दा पनि बीमाको व्यवसायमा ठूलो असर परेको छैन । व्यवसाय झनै राम्रो बन्दै गइरहेको छ ।’

उता, एलआईसी नेपालकी सिनियर एजेन्सी प्रभा ज्ञवाली डिजिटल माध्यमबाट व्यवसाय गर्दा डिजिटल भन्दा भौतिक रुपमा उपस्थित भएर व्यवसाय प्रभावकारी हुने अनुभव सुनाउँछिन् । उनले भनिन्, ‘डिजिटल्ली क्लासहरु भइरहेको हुन्छ । तर, बीमाको व्यवसाय बृद्धि गर्न यत्तिले मात्रै पुग्दैन । नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूरा गर्दै भेटघाट समेत गरेर बीमा व्यवसाय अघि बढाउँदैछौं ।’ उनले तिहार नजिकिँदै आएकोले टार्गेट पुर्याउन र तिहारमा संकलन हुने दक्षिणाको बचतको लागि आफूहरुको ध्यान केन्द्रीत भइरहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS