IME Life New

डिजिटल बैंकको लाइसेन्स खुलाउन बाफियामा संशोधन, डिजिटल मुद्रा पनि ल्याउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट डिजिटल बैंकको लाइसेन्स खुलाउने व्यवस्था ल्याइने भएको छ।

प्रतिनिधिसभामा आज दर्ता भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमार्फत यस्तो प्रस्ताव ल्याइएको हो। प्रस्तावित विधेयकको ऐनको दफा ४९ पछि ४९ (क) थप गरी डिजिटल बैंकको लाइसेन्स दिने प्रस्ताव गरिएको हो। यो ऐन, अन्य प्रचलित कानुन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, सर्त वा निर्देशनको अधीनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोकेबमोजिम निक्षेप लिने र कर्जा प्रवाह गर्नेसमेतका बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ।

Esewa
Crest

यसैगरी प्रस्तावित विधेयकमा डिजिटल मुद्रा ल्याउन बाटो पनि खुलाउने तयारी गरिएको छ। डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ। डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ।

हालको ऐनको परिच्छेद ७ मा बैंकिङ तथा वित्तीय कारोबार सञ्चालनसम्बन्धी व्यवस्था छ। यस परिच्छेदअन्तर्गत दफा ४९ मा बैंक तथा वित्तीय संस्थाले बैकिङ तथा वित्तीय कारोबार गर्न सक्नेसम्बन्धी व्यवस्था छ। यही दफामा विधेयकमा थप व्यवस्था प्रस्ताव गर्दै डिजिटल मुद्रा स्वीकार गर्ने तथा भुक्तानी दिनेसम्बन्धी प्रावधान राखिएको छ। डिजिटल मुद्राको प्रयोग तथा प्रवर्द्धन गर्नका लागि यस्तो व्यवस्था प्रस्ताव गरिएको अर्थ मन्त्रालयले प्रस्ट पारेको छ।

त्यसो त राष्ट्र बैंक डिजिटल मुद्राको सम्बन्धमा आन्तरिक अध्ययन गरिसकेको छ। विधेयक संसदले स्वीकृत गरेकोमा नेपालमा डिजिटल मुद्राको प्रयोगले वैधानिकता पाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS