IME Life New

डा. खतिवडा अर्थमन्त्री हुँदा कस्तो रह्यो शेयर बजार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  डा. युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा ३० महिना काम गरेकामा लगानीकर्ताले भने डा खतिवडालाई सकारात्मक रुपमा हेर्ने सकेनन। सुरु सुरुमा शेयर बजार प्रति नकारात्मक रुपमा प्रस्तुत भए पनि -पछि भने डा. खतिवडा शेयर बजार प्रति त्यति नकारात्मक भएको अनुभूति थिएन। तै पनि डा. युवराज खतिवडाको राजिनामा धेरै लगानीकर्ताहरु खुशी नै थिए । अर्थमन्त्रीको राजिनामा पश्चात धेरै लगानीकर्ताहरुले सामाजिक संजालमा खुशी व्यक्त गरेका थिए ।

डा. युवराज खतिवडाको पालामा नेप्से परिसूचकले कस्तो गर्यो ?

Esewa
Crest

डा. खतिवडा ३० महिना अर्थमन्त्री हुँदा नेप्से परिसूचक भने १३५ दशमलव ६९ अंकले वृद्धि भएको थियो ।  डा. खतिवडाले २०७४ साल फाल्गुन १४ गते अर्थमन्त्री नियुक्त भएका थिए । डा. खतिवडा अर्थमन्त्री नियुक्त हुनुअघि नेप्से परिसूचक १३७४ दशमलव ७३ को विन्दुमा बन्द भएको  थियो । राजिनामा दिनु अघि नेप्से परिसूचक १५१० दशमलव ४२ को विन्दुमा बन्द भएको छ । यसरी डा. युवराज खतिवडाको ३० महिने कार्यकालमा नेप्से परिसुचक करिव १० प्रतिशतले वृद्धि भएको छ ।

डा. खतिवडा गत फागुन २१ गते अर्थमन्त्रीमा पुनः दोहोरिएका थिए । राष्ट्रिय सभा सदस्यको दुई वर्षको अवधि पूरा भएपछि संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाइने व्यवस्था अनुरुप उनी  पुन अर्थमन्त्री भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS