IME Life New

डलरको भाउ बढ्दा नेपाललाई हुने फाइदा र बेफाइदा के-के ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउ विश्वमा लगातार बलियो बन्दै गएको छ। यसको प्रभाव नेपालमा पनि परेको छ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। केही समययता डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ। यसको असर नेपाली मुद्राको समेत देखिएको विज्ञहरु बताउँछन्। डलरको भाउमा बढ्दा नेपाली अर्थतन्त्रमा असर पनि पर्ने गर्छ।

Esewa
Crest

पुस २ गते (बुधबार) डलर नेपाली मुद्राको तुलनामा इतिहासमै बलियो बन्यो। यो दिन १ डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च हो।

आज पुस ३ गते भने १ डलरको खरिददर १३७.८९ र बिक्रीदर १३८.४९ रुपैयाँ कायम भएको छ। आज डलरको भाउ ४३ पैसाले घटेको छ।

फाइदा

  • अमेरिकी डलरको भाउ बढ्दा नेपाली मुद्रा सस्तो हुने भएकोले नेपाली सामानको भाउले अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्न सक्छ। यसले स्वदेशी सामान विदेशमा निकासीलाई टेवा पुग्छ।
  • डलरको भाउ बढ्दा पर्यटनमार्फत हुने आम्दानी बढ्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ।
  • लाखौँ नेपाली जनशक्ति अहिले विदेशमा श्रम गरिरहेका छन्। डलरको मूल्य बढ्दा उनीहरुले पठाउने रेमिट्यान्स पनि बढ्छ। रेमिट्यान्स बढ्दा समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ।
  • नेपाली मुद्रा कमजोर हुँदा नेपालमा लगानी गर्न खोज्ने विदेशीलाई आकर्षित गर्न सक्छ।

बेफाइदा

  • नेपालको अर्थतन्त्र आयातमुखी रहेको छ। डलरको भाउ बढ्नेबित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ। यसले व्यापार घाटा झन् बढ्छ। यो घाटाले चालु खाता तथा शोधनान्तर स्थितिमा पनि असर पार्छ। विदेशी मुद्राको सञ्चिति पनि घट्छ।
  • डलरको भाउ बढ्दो विदेशी सामान नेपालीका लागि महँगो हुन पुग्छन्।
  • लाखौँ नेपाली विद्यार्थी पढ्नका लागि विदेश जाने गरेका छन्। डलरको भाउ बढ्दा विदेश पढ्न जाने विद्यार्थीलाई आर्थिक भार पर्छ। किनकि उनीहरुले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS