IME Life New

ठेकेदारले कालाेपत्रे नगरेकाे भन्दै स्थानीयले बन्द गरे गोदावरी सडक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ललितपुर । हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर साेमबार बिहानैदेखि बाटो बन्द गरिएको छ ।

लामो समयदेखि ठेकेदारले सडक कालाेपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका महर्जनले बताए । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा परीणत भएको छ ।

उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी बृत्तबाट बार्ताका लागि बोलाइएको छ । स्थानीयबासी सल्लाह गरेर बार्तामा जाने तयारी भइरहेको छ ।

Esewa
Crest

गोदावरी नगर १४ का वडाध्यक्ष जगतनाथ महर्जन कच्ची सडकमा धुलोधुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको बताउछन् । उनी भन्छन्, ‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके । स्थानीयलाई सास्ती छ ।’ स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै उनी भन्छन्,‘भोलिबाटै काम नगरे स्थानीयले अझैं केही दिनबन्द गर्ने बताएका छन् ।’

यो सडक सिएम कन्टक्सनले तथास्थितीमा कालोपत्र गर्न ठेक्का पाएको थियो । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि वसपार्कसम्म १६ मिटर कालोपत्र भइसकेको छ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS