IME Life New

ठूला १० सूचीकृत कम्पनीमा वाणिज्य बैंकको वर्चश्व, बीमा क्षेत्रका ३ कम्पनी, शीर्ष स्थानमा कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये ठूला १० कम्पनीमा वाणिज्य बैंकहरुको वर्चश्व देखिएको छ।

नेप्सेमा बुधबारको कारोबारअनुसार बजार पुँजीकरणको हिसाबले १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंक छन् भने ३ वटा बीमा क्षेत्रका कम्पनीका छन्। शीर्ष १० कम्पनीमा वाणिज्य बैंकहरुमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड छन् भने बीमा क्षेत्रका नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्।

Esewa
Crest

बजार पुँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ७६ अर्ब ४१ करोड ८० लाख रुपैयाँ रहेको छ।

दोस्रो ठूलो कम्पनीमा नबिल बैंक रहेको छ। नबिलको बजार पुँजीकरण १ खर्ब ५५ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ रहेको छ।

बजार पुँजीकरणका हिसाबले नागरिक लगानी कोष तेस्रो स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ३२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ रहेको छ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनी यो सूचीको चौथो स्थानमा रहेको छ। कम्पनीको बजार पुँजीकरण १ खर्ब ७ अर्ब २४ करोड ३२ लाख रुपैयाँ रहेको छ।

ग्लोबल आइएमई बैंक ९१ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बजार पुँजीकरणका साथ पाँचौँ स्थानमा रहँदा हिमालयन रिइन्स्योरेन्स ९० अर्ब ८९ करोड ६० लाख रुपैयाँका छैटौँ स्थानमा रहेको छ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८० अर्ब ५४ करोड ३४ लाख रुपैयाँ (सातौँ), एभरेष्ट बैंक ७८ अर्ब १७ करोड ३० लाख रुपैयाँ (आठौँ), स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६९ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ (नवौँ) र नेपाल लाइफको ६८ अर्ब २० करोड ८२ लाख रुपैयाँ (दसौँ) बजार पुँजीकरण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS