IME Life New

ठुला लगानीकर्तालाई एक वर्ष भित्रमा शेयर धितोकर्जा १२ करोडमा झार्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ करोड रुपैयाँ भन्दा धेरै शेयर धितोकर्जा लिएका ठुला लगानीकर्ताहरुलाई एक वर्ष भित्रमा उक्त कर्जा १२ करोड रुपैयाँमा झार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा निर्धारण गरेको थियो सोहि अनुसार यस्तो समय दिएको हो ।

मार्जिन प्रकृतिको शेय धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ । यो निर्देशन जारी हुनु पूर्व अर्थात भदौ ८ गते कुनै ऋणीलाई सीमा भन्दा बढि कर्जा प्रवाह भएको भए त्यस्तो कर्जा क्रमिक रुपले घटाउदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्न निर्देशन दिइएको हो ।

Esewa
Crest

यो नियमले स-साना लगानीकर्तालाई खासै ठुलो असर गर्दैन तर ठुला लगानीकर्ताहरुलाई भने यसले धेरै नै असर गर्ने विश्लेषण गरिएको छ । बुलिस ट्रेण्डमा रहेको अहिलेको बजारमा ठुला अझ संस्थागत लगानीकर्ताले धेरै ठुलो लगानी गरिरहेका छन् । उनिहरुले आफ्नो स्वःपूँजीको अतिरिक्त बैंकबाट शेयरधितोकर्जा लिएरका हुन्छन् ।

नेपाल राष्ट्र बैंकले यसका लागि प्रयाप्त समय दिएकोले यस्ता ऋणीले आत्तीएर कर्जा भुक्तानीका लागि शेयर बिक्री गर्नु नपर्ने भएको छ । यसको असर तत्कालका लागि नदेखिए पनि बजारमा लगानी बढाउन चाहनेहरुका लागि भने राष्ट्र बैंकले क्याप लगाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS