IME Life New

ट्रान्सफर्मर उत्पादन गर्ने निककाे काराेबारमा सुधार, प्रतिस्पर्धामा टिक्न नसक्दा उत्पादन १९ प्रतिशतमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । विद्युत प्रशारणका लागी ट्रान्सफर्मर उत्पादन गर्दै आएको नेपाल इकाराट इन्जिनियरिङ कम्पनी प्रा.लिले वर्ष दिनमै १ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।
भुटानलगायतका देशमा निर्यात ओरालो लागेपछि व्यवसाय खुम्चिएकोमा गत आर्थिक वर्षमा नेपाल इकाराटको व्यापारमा ६१.३६ प्रतिशतले उछाल आएकाे हाे ।

काराेबारमा सुधार देखिएपछि गत आर्थिक वर्षमा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको कूल वार्षिक कारोबार गरेकाे क्रेडिट रेटिङ एजेन्सी इन्फाेमेरिक्स नेपालले उल्लेख गरेकाे छ ।  ३० वर्ष पुरानाे याे कम्पनीले अघिल्लो आ.व. २०७७।७८ मा जम्मा ५५ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो ।

Esewa
Crest

व्यापारमा आएको मन्दीका कारण यसको उत्पादन क्षमता उपयोगिता पछिल्लो तीन आर्थिक वर्षमा १९ प्रतिशतमा सीमित हुन पुगेको थियो । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरको गुणस्तरमा गरेको स्तरिकरण र कोरोना महामारी लगायतका कारणले नेपाल इकाराट (निक) ले बजार प्रतिस्पर्धा गर्न चुनौती खेप्नु परेको छ ।


अझैपनि निकको कूल व्यापारको ७० प्रतिशत हिस्सा १० ठूला ग्राहकमा केन्द्रित रहेकाले अति केन्द्रिकृत व्यापारका कारण यो कम्पनी कुनै पनि समयमा संकटमा पर्न सक्ने संभावना औंल्याइएको छ । यसबाहेक उत्पादनलाई निरन्तरता दिनका लागी पर्याप्त मात्रामा कच्चा पदार्थहरुको मौज्दात राख्नुपर्ने भएकाले समेत यो कम्पनीको नगद प्रवाह उच्च हुँदा बढ्दो ब्याज दरका कारण दबाबमा रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी यो उद्योगको मुख्य लगानीकर्तामध्येका हुन् । हेटौंडाको थानाभख¥याङमा अवस्थित यो उद्योगको वार्षिक १८ हजार ट्रान्सफर्मर उत्पादन गर्ने क्षमता छ ।

विदेशी पत्रकारलाई किन ढाँटे जाेशीले

नेपाल इकारातकाे प्रमुख कार्यकारी अधिकृत कुश कुमार जाेशीले द सिइयाे पत्रिकाकाे ग्लाेबल एडिशनमा अन्तरवार्ताकाे क्रममा आफ्नाे कम्पनीले वार्षिक ५० मिलियन अर्थात ५ कराेड अमेरिकी डलर बराबरकाे काराेबार गरिरहेकाे जानकारी दिएका छन् । निकले आफ्नाे आधिकारिक फेसबुक पेजमा समेत बाँडेकाे म्यागेजिनकाे लि‌ंक खाेलेर हेर्दा देखिने विवरणमा याे तथ्यांक उल्लेख गरिएकाे छ। पत्रिकाकाे अनलाइन स‌ंस्करणमा उल्लेखित रकमलाई फागुन २० गते शनिबार कायम विनिमय दरकाे आधारमा गणना गर्दा ६ अर्ब ५५ कराेड रुपैयाँ बराबर हुन्छ। गत आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँकाे काराेबार गर्न हम्मे हम्मे परेकाे कम्पनीले वार्षिक ६ अर्ब रुपैयाँकाे काराेबार गरिरहेकाे झूठाे विवरण प्रमुख कार्यकारी अधिकृत जाेशीले अन्तर्राष्ट्रिय मिडियालाई दिएका छन् । ( यहाँ क्लिक गर्नुहाेस्)

जाेशि आफ्नाे अभिव्यक्ति र गतिविधका कारण पटक पटक विवादमा आएका छन् । उनले कुनै बेला हेटाै‌ंडा काठमाण्डाैं सुरूङ मार्गकाे सपना बाँडेर सर्वसाधारणबाट लाखाै‌ं रूपैयाँ समेत पूँजी वापत संकलन गरेर निर्माण कार्य शुरु नगर्दै पछि हटेका थिए।

 

विश्वनियता बढाउन अन्तर्राष्ट्रिय ब्राण्ड

निकले उत्पादनकाे विश्वसनीयता बढउानका लागी बियाेस्काे कियस्क पिएसएस ट्रान्सर्फर्मर नेपालमै उत्पादन र बिक्री गर्नका लागी श्नाइडर इलेक्ट्रिक इंडस्ट्रीज एसएएससँग इजाजत पत्र साझेदारी सम्बन्धमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS