IME Life New

ट्रष्ट टिम नेपालको आयोजनामा डिलाइट टीटीएन लिडरसिप अवार्ड २०८० सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिर्तामोड । ट्रष्ट टिम नेपालको आयोजनामा डिलाइट टीटीएन लिडरसिप अवार्ड २०८० सम्पन्न भएको छ । शनिबार सुरुङ्गास्थित लोटस रिट्रिटमा भव्य कार्यक्रमका बिच अवार्ड वितरण सम्पन्न भएको हो ।

ट्रष्ट टिम नेपालको मातहतमा रहेर हिमालयन लाईफ इन्स्योरेन्समा गत आर्थिक बर्षमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको संस्थाका परिकल्पनाकार खिवराज दाहालले जानकारी दिए ।

Esewa
Crest

विभिन्न चरण र विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा टिममा उत्कृष्ट व्यवसाय गरेबापत पोटेन्सियल लिडर अवार्डबाट कविता थापा, कमला भट्टराई, शेखर खड्का, बिना निरौला, तेजिन्द्र पोखरेल, पवित्रा विमली प्रसाई, राधादेवि श्रेष्ठ, कमला भट्टराई, अनिता जबेगु, दिलकुमारी मगर र शर्मिला घिमिरे सम्मानित भएका थिए ।

त्यस्तै सिल्भर लिडर अवार्डबाट इश्वरी श्रेष्ठ, पुनम नेपाल, सञ्जिव पाण्डे, मिरा श्रेष्ठ, सिता मगर र बिना खिम्दिङलाई सम्मान गरिएको थियो । गीता पौडेल, सपना सङ्ग्रौला र मिलन कोइराला गोल्डेन लिडर अवार्डबाट सम्मानित भएका थिए । सागर रिजाललाई डाइमण्ड लिडर अवार्डबाट सम्मानित गरिएको थियो भने सिनियर लिडर अवार्डबाट पुष्प खड्का सम्मानित भएका थिए ।

यता सेल्फ कोडमा उत्कृष्ट व्यवसाय गरेबापत पुनम नेपाल, सागर रिजाल, सिता मगर, गीता पौडेल, सञ्जिव पाण्डे, बिना खिम्दिङ, पुष्प खड्का र मिलन कोइरालालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख गेष्ट स्पिकर एमनेष्टि इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्ष हेमकुमार खड्काले मानिसले जीवनमा दुख नगरि सुख प्राप्ति नहुने भन्दै उपलब्धी हासिल गर्न अहोरात्र मेहेनत गर्नुपर्ने दृष्टान्त सुनाए । विभिन्न रोचक प्रसङ्ग सुनाएका खड्काले ट्रष्ट टिममा महिला सदस्यको आबद्धता बढी भएको भन्दै प्रशंसा गरे । काम गर्नेहरुका लागि सम्मान आयोजना गरेर ट्रष्ट टिम नेपालले महत्वपूर्ण काम गरेको बताउँदै संस्थाको उज्जवल भविष्यको कामना गरे ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कोशी प्रदेश प्रमुख भुपराज पराजुली, उपप्रमुखहरु नबिन मिश्र, सुरेन्द्रकुमार लाल कर्ण, बिर्तामोड शाखा प्रमुख बद्री भण्डारी, धुलाबारी शाखा प्रमुख गोपाल दाहाल र दमक शाखा प्रमुख चन्द्रकला घिमिरेले कार्यक्रममा मन्तव्य राखेका थिए । ट्रष्ट टिम नेपालको लक्ष्य, उद्धेश्य र गतिविधीका बारेमा पुष्प खड्काले प्रष्ट्याएका थिए ।

डिलाइट फुड प्याकेजिङ इण्डष्ट्रिज प्रालिसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । डिलाइटले कार्यक्रमका अतिथीहरुलाई मायाको चिनो प्रदान गरेको थियो । सागर रिजाल र को–एमसीको रुपमा पूर्णिमा पौडेलद्वारा रचनात्मक ढंगबाट सञ्चालित कार्यक्रममा विभिन्न नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS