IME Life New

ट्रम्प राजमा अब कर्मचारीको पोलिग्राफ परीक्षण, के हो कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको ट्रम्प सरकार सुरुदेखि नै हाइपर एक्टिभ मोडमा छ। ट्रम्प प्रशासन अवैध आप्रवासीदेखि लागूऔषधको तस्करी र ट्यारिफसम्मका मुद्दामा निकै कठोर बनेको छ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले गोप्य फाइलहरु चुहावट हुनबाट जोगाउन कर्मचारीहरुको पोलिग्राफ टेस्टको सहारा लिने खबर सार्वजनिक भएको छ। अमेरिकी गृह मन्त्रालयले सरकारी गोप्य कागजात चुहावट हुनबाट जोगाउन कर्मचारीलाई पोलिग्राफ टेस्टको मद्दत लिने चेतावनी दिएको हो।

Esewa
Crest

गृहमन्त्री क्रिस्टी नोएमले भनेका छन्, ‘कर्मचारीले जुनसुकै हालतमा यो परीक्षा दिनुपर्नेछ।’ गृह मन्त्रालयका सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले यसको पुष्टि गरेकी छिन्। उनले होमल्यान्ड सेक्युरिटी विभाग राष्ट्रिय सुरक्षासँग सम्बन्धित निकाय भएको बताइन्। ‘हामीले सबै कर्मचारीको पोलिग्राफ परीक्षण गर्न सक्छौँ, गर्नुपर्छ र गर्नेछौँ’, उनले भनिन्।

के हो पोलिग्राफ टेस्ट ?

पोलिग्राफ परीक्षण गर्दा प्रश्नको उत्तर दिँदा व्यक्तिले झुट बोलेको हो कि सत्य बोलेको हो भन्ने कुरा थाहा हुन्छ। जब कुनै व्यक्ति झुट बोल्छ, उसको मुटुको चाल र रक्तचाप परिवर्तन हुन्छ। पसिना आउँछ। धेरै पटक पोलिग्राफ टेस्ट गर्दा हातखुट्टाको चालमा पनि ध्यान दिइन्छ। तर, पोलिग्राफ मेसिनमा परीक्षण गर्दा सामान्यतया चारा कुरा श्वासप्रश्वास दर, पल्स रेट, रक्तचाप र पसिनाको मात्रामा ध्यान दिइन्छ।

पोलिग्राफ टेस्टले कसरी काम गर्छ?

पोलिग्राफ परीक्षण गर्दा मेसिनको ४ वा ६ वटा प्वइन्ट व्यक्तिको छाती र औँलामा जोडिएका हुन्छन्। त्यसपछि केही सामान्य प्रश्न सोधिन्छ। यसपछि ती व्यक्तिलाई अपराधसँग सम्बन्धित प्रश्न सोधिन्छन्। यस क्रममा मेसिनको स्क्रिनमा ती व्यक्तिको मुटुको गति, रक्तचाप, पल्स आदिको निगरानी गरिन्छ। परीक्षणअघि नै व्यक्तिको स्वास्थ्य परीक्षण गरिन्छ। त्यसपछि ती व्यक्तिको सामान्य मुटुको चाल, रक्तचाप, पल्स रेट आदि नोट गरिन्छ।

परीक्षा सुरु भएपछि प्रश्न सोध्न थालिन्छ्। त्यसपछि जबाफ दिने व्यक्तिले झुटो बोल्यो भने त्यसबेला उसको मुटुको धड्कन, रक्तचाप, पल्स रेट बढ्छ वा घट्छ। निधार वा हत्केलामा पसिना आउन थाल्छ। यसले व्यक्ति झुट बोलेको देखाउँछ। यी संकेत प्रत्येक प्रश्नको समयमा रेकर्ड गरिएका छन्। यदि एक व्यक्ति सत्य बोल्दैछ भने यी सबै शारीरिक गतिविधि सामान्य रहन्छन्। जब एक व्यक्तिले प्रश्नको गलत जबाफ दिन्छ तब उसको मस्तिष्कबाट ए३०० (ए३) संकेत उत्सर्जित हुन्छ। यस्तो अवस्थामा उसको मुटुको धड्कन र रक्तचाप बढ्छ। यी सामान्य दरमा मिश्रित छन्। यो जबाफ साँचो वा गलत हो यो तुरुन्तै थाहा हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS