IME Life New

ट्रम्पको शपथ ग्रहण समारोहका लागि बोइङ, गुगलसमेत ठूला कम्पनीले दिए यति पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि कम्पनीले १० लाख अमेरिकी डलर सहयोग गरेका छन्।

बोइङ बाहेक गुगल र माइक्रोसफ्टले पनि सोही रकम चन्दा दिएको पुष्टि गरेका छन् । ट्रम्पको शपथ ग्रहण समारोहमा चन्दा दिनेहरुमध्ये धेरै अमेरिकी कम्पनी छन्। यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन्।

Esewa
Crest

डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपति बन्न लागेका छन् । यो उनको दोस्रो कार्यकाल हुनेछ । ‘हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको उद्घाटनलाई समर्थन गर्न पाउँदा खुसी छौँ’, बोइङले भनेको छ।

बोइङले पछिल्लो तीन राष्ट्रपतिको शपथ ग्रहणका लागि समान दान गरेको जनाएको छ।

कार निर्माता कम्पनीहरु फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि ट्रम्पको शपथ ग्रहण समारोहमा १०–१० डलर सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS